मंगलबार, फागुन २६, २०८२

कंगोमा डुंगा दुर्घटनामा परी १०० भन्दा बढीको मृत्यु

डेमोक्रेटिक रिपब्लिक अफ कंगोमा शनिबार डुंगा दुर्घटनामा परी १०० भन्दाबढी मानिसहरूको मृत्यु भएको र कयौं बेपत्ता भएको अधिकारीहरूले बताएका छन्।
 |  शनिबार, असोज २३, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, असोज २३, २०७८

कंगो- डेमोक्रेटिक रिपब्लिक अफ कंगोमा शनिबार डुंगा दुर्घटनामा परी  १०० भन्दाबढी मानिसहरूको मृत्यु भएको र कयौं बेपत्ता भएको अधिकारीहरूले बताएका छन्।

National life

कङ्गोमा भइरहने सामुद्रिक दुर्घटनाको यो पछिल्लो शृङ्खला थियो।  यहाँका मानिसहरू  देशकै ठूलो कङ्गो नदीमा  असुरक्षित यात्रा गर्न बाध्य छन्। 

उत्तर पश्चिमी प्रान्त मोंगलाका गभर्नरका प्रवक्ता नेस्टर मग्बाडोले एएफपीलाई जनाएअनुसार सोमबारदेखि मङ्गलबार रातिसम्म उक्त दुर्घटनामा हराइरहेका ६१ जानको शव निकालिएको  छ भने अन्य  ६० जना अझै बेपत्ता रहेको विश्वास  गरिएको छ।  उक्त दुर्र्घटनामा ३९ जना यात्रुहरू भने जीवित रहेका छन्।

यात्रुको यकिन सङ्ख्या भने जानकारी छैन यो। सङ्ख्या भने डुङ्गाको क्षमताको आधारमा गरिएको अनुमान मात्र हो । यो एक प्रकारको परम्पारागतरूपमा बनाइएको काठको ढुंगा हो।   प्रवक्ताका अनुसार उक्त दुर्घटना रात्रीको समयमा खराब मौसम वा अत्यधिक यात्रुहरूको चापका कारण भएको हुनसक्छ। 

पीडितहरुमा प्रायः प्रान्तीय राजधानी बुम्बामा यात्रा गर्ने फेरीवाला र विद्यार्थीहरु रहेका छन्। प्रवक्ता मग्बाडोले उक्त घटनाको थप अध्ययन र उद्धार कार्य जारि रहेको बताएका छन्। 

Laxmi sunrise bank
kumari

प्रकाशित: Oct 09, 2021| 21:01 शनिबार, असोज २३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।