सोमबार, असार २९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • मन्त्रिपरिषद् बैठक: नेपाली कामदारको कानुनी प्रतिरक्षा सरकारले गर्ने 

मन्त्रिपरिषद् बैठक: नेपाली कामदारको कानुनी प्रतिरक्षा सरकारले गर्ने 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- सरकारले रोजगारीको लागि विदेश गएका नेपालीहरुलाई समस्या परेमा कानुनी लडाइँ लडिदिने भएको छ । मन्त्रिपरिषद्को बिहीबारको बैठकले त्यससम्बन्धि ‘कानुनी प्रतिरक्षा निर्देशिका’ पारित गरेको सरकारका प्रवक्ता सञ्चार प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले जानकारी दिए । 

मन्त्रिपरिषद् बैठकबाट पारित निर्देशिकालाई १० दिनभित्रै कार्यान्वयनमा ल्याउने पनि बास्कोटाले बताए । श्रम तथा रोजगार मन्त्री गोकर्ण विष्टका अनुसार, नेपाली कामदारहरु कानुनी झमेलामा परेका देशमा उनीहरुको विवरण अध्यावधिक गर्ने र १० दिनभित्रै निर्देशिका कार्यान्वयनमा आउनेछ । 

कामको खोजीमा बिभिन्न देशमा गएका नेपाली कामदारहरु बिभिन्न समस्यामा पर्ने गरेका छन् । भनेअनुसार काम नपाउने, गलत मुद्दामा फसाउने वा मृत्युदण्डको सजायँसम्म हुने गरेकोमा अव सरकारले उनीहरुकोतर्फबाट कानुनी प्रतिरक्षा गर्नेछ । 

मन्त्री बिष्टका अनुसार, सम्बन्धित देशका कानुन व्यवसायीहरुलाई लिएर सरकारले कानुनी प्रतिरक्षा गर्नेछ । त्यो बाफत लाग्ने शुल्क सरकारले नै व्यहोर्ने छ ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।