बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • यस वर्ष बाढी, पहिरोमा परी १३६ जनाको मृत्यु, ४५ अझै बेपत्ता

यस वर्ष बाढी, पहिरोमा परी १३६ जनाको मृत्यु, ४५ अझै बेपत्ता

यस वर्ष बाढी पहिरोजस्ता मनसुनजन्घ घटनामा परी मुलुकभर गरेर १३६ जनाको मृत्यु भएको छ। गृह मन्त्रालयका अनुसार अहिले पनि ४५ जना बेपत्ता छन् भने १४४ घाइते भएका छन्।
 |  शनिबार, असोज २३, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, असोज २३, २०७८

काठमडौं- यस वर्ष बाढी पहिरोजस्ता मनसुनजन्घ घटनामा परी  मुलुकभर गरेर १३६ जनाको मृत्यु भएको छ। गृह मन्त्रालयका अनुसार अहिले पनि ४५ जना बेपत्ता छन् भने १४४ घाइते भएका छन्। 

यस वर्षको बर्खामा कूल ८४५ घर पूर्ण र १६९ घरमा आंशिक क्षति पुगेको छ। यस वर्ष सबैभन्दा बढी सिन्धुपाल्चोक जिल्ला प्रभावित भएको छ। उक्त जिल्लामा मनसुनको अवधिमा पाँच जनाको मृत्यु भएको छ भने २० बेपत्ता छन्।

सिन्धुपाल्चोकको पनि मेलम्ची र हेलम्बुलाई बाढी र पहिराले तहसनहस बनाएको छ। त्यस्तै भौतिक क्षतिका हिसाबले मनाङ जिल्लामा समेत ठूलो असर गरेको छ। यसपालि मनसुनजन्य घटनाबाट ७१ जिल्ला प्रभावित भएको छ। - रासस


प्रकाशित: Oct 09, 2021| 18:37 शनिबार, असोज २३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।