काठमाडौं-सरकारले छनौट गरी निर्माण सम्पन्न नभएका आयोजनाहरु प्रदेश सरकार र त्यस मार्फत स्थानीय निकायलाई हस्तान्तरण गर्ने तयारी गरेको छ ।
यसका लागि बिहीबार प्रतिनिधि सभामा प्रस्ताव पेश भएको छ । सडक ढल, सिंचाई, खानेपानी, पुलेसालगायतका अन्य योजना स्थानीय निकायमा हस्तान्तरणका लागि संसदमा जरुरी सार्वजनिक महत्वको प्रस्ताव पेश भएको हो ।
यो प्रस्तावको प्रस्तावकमा खगराज अधिकारी छन् भने समर्थकमा बिशाल भट्टराई र ध्रुवकुमार शाही छन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४