बिहीबार, भदौ ४, २०८३

स्कोरपियोको ठक्करबाट बालकको मृत्यु

पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको रुपनीमा स्कोरपियोको ठक्करबाट घाइते भएका बालकको उपचारका क्रममा शनिबार मृत्यु भएको छ।
 |  शनिबार, असोज २३, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, असोज २३, २०७८

काठमाडौं- पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको रुपनीमा स्कोरपियोको ठक्करबाट घाइते भएका बालकको उपचारका क्रममा शनिबार मृत्यु भएको छ। मृत्यु हुनेमा रुपनी गाउँपालिका–६ बस्ने तुलसी चौधरीका १० वर्षीय छोरा सुशील रहेको प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले बताए।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना२च ३७५४ नं. को स्कोरपियो गाडीले उनलाई ठक्कर दिएको थियो।ठक्करबाट घाइते भएका उनलाई  एक निजी क्लिनिकमा सामान्य उपचार गराई घर फर्किने क्रममा मृत्यु भएको प्रहरीको भनाइ छ।

यता दुर्घटना गराउने गाडीलाई प्रहरीले  नियन्त्रणमा लिएर घटना सम्बन्धमा थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

प्रकाशित: Oct 09, 2021| 17:28 शनिबार, असोज २३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।