काठमाडौं– पछिल्लो २४ घण्टामा नेपालमा थप ७६० जनामा कोरोना भाइरस संक्रमण भएको छ। यस्तै यस अवधिमा ११ जना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार आज ८९९ जनाका कोरोना भाइरस संक्रमण मुक्त भएका छन्।
आज सक्रिय संक्रमितको संख्या १५ हजार ३४० छ। पछिल्लो २४ घण्टामा ९० हजार ९९३ जनालाई कोरोनाविरुद्धको खोप लगाइएको छ। संक्रमितमध्ये ३१७ जना आईसीयूमा छन् भने ११३ जना भेन्टिलेटरमा छ्न। आजसम्म नेपालमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार २२१ पुगेको छ।
प्रकाशित: Oct 09, 2021| 17:00 शनिबार, असोज २३, २०७८