बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • आत्महत्या दुरुत्साहन अभियोगमा प्रधानाध्यापक पक्राउ

आत्महत्या दुरुत्साहन अभियोगमा प्रधानाध्यापक पक्राउ

केको बैजनाथ गाउपालिकास्थित चिसापानीमा रहेको दिप ज्योती सेकेन्डरी स्कुलका प्रिन्सपल दमन पाण्डे आफ्नै छात्रालाई आत्महत्या दुरुत्साहन गरेको अभियोगमा पक्राउ परेका छन्।
 |  शनिबार, असोज २३, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, असोज २३, २०७८

नेपालगञ्ज- बाँकेको बैजनाथ गाउपालिकास्थित चिसापानीमा रहेको दिप ज्योती सेकेन्डरी स्कुलका प्रिन्सपल दमन पाण्डे आफ्नै छात्रालाई आत्महत्या दुरुत्साहन गरेको अभियोगमा पक्राउ परेका छन्।

पाण्डेलाई आफ्नै विद्यालयबाट एसईई गरेकी छात्रालाई मृत्यु दुरुत्साहन गरेको अभियोगमा पक्राउ गरेको प्रहरीले जनाएको छ। एक साताअघि बैजनाथ गाउँपालिका गाभरकी १७ वर्षिया एलिशा शाह घरमै मृत अवस्थामा भेटिएकी थिइन्।

मृतक शाहको मोबाइलमा प्रिन्सिपल पाण्डेले पठाएको अश्लील एसएमएस भेटिएपछि आक्रोशित स्थानीयले प्रिन्सपल पाण्डेमाथि कारवाहीको माग गर्दै विद्यालय घेराउ गरेका थिए। पाण्डेले विभिन्न खालका प्रलोभन दिएर अश्लील कार्य गरेको आशंका गरिएको छ।

मृतक शाह पाण्डेकै करबलमा कोहलपुरमा रहेको एक विद्यालयमा ११ कक्षामा भर्ना भएको र बारम्बार विभिन्न खालका दबाब दिने गरेको मोबाइलमा भेटिएको एसएमएसले पुष्टि गरेकोले निश्पक्ष छानविन गरी कारवाहीको दायरामा ल्याउन आफूहरुको माग रहेको मृतक शाहका आफन्त पुनित विक्रम शाहले बताए।

बाँके प्रहरी प्रमुख एसपी श्यामकृष्ण अधिकारीले प्रिन्सिपल पाण्डेलाई नियन्त्रणमा लिएर आत्महत्या दुरुत्साहन मुद्दा दर्ता गरी अनुसन्धान थालेको बताए। स्थानीयहरु शुक्रबार विद्यालयमै पुगेर दुंगामुढा गरेपछि प्रहरीले पाण्डेलाई नियन्त्रणमा लिएको थियो। -न्युज कारखाना

प्रकाशित: Oct 09, 2021| 13:54 शनिबार, असोज २३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।