बिहीबार, भदौ ४, २०८३

लागूऔषध बोकेर भारत जाँदै गरेका एक पुरुष पक्राउ

जिल्लाको नेपाल–भारत सीमा क्षेत्रबाट प्रहरीले गाँजासहित एक पुरुषलाई पक्राउ गरेको छ।
 |  शनिबार, असोज २३, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, असोज २३, २०७८

सर्लाही- जिल्लाको नेपाल–भारत सीमा क्षेत्रबाट प्रहरीले गाँजासहित एक पुरुषलाई पक्राउ गरेको छ।

शनिबार सर्लाहीको मलंगवा नगरपालिका–२, नेपाल–भारत सीमाक्षेत्र दशगजाबाट लागुऔषध गाँजासहित ब्रम्हपुरी गाउँपालिका–८, भेल्ही निवासी ४५ बर्षका बिन्देश्वर सहनीलाई प्रहरीले पक्राउ गरेको हो।

सहनी गाँजा बोकेर नेपालबाट भारत जाँदै गरेको अवस्थामा पक्राउ परेका हुन्। पैदल यात्री सहनीमाथि शंका लागेर चेकजाँच गर्ने क्रममा उनले बोकेको नाइलनको झोलाबाट ३ किलो गाँजा बरामद भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

सहनीमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक माधवप्रसाद बुढाथोकीले जानकारी दिए।

प्रकाशित: Oct 09, 2021| 13:11 शनिबार, असोज २३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।