बिहीबार, भदौ ४, २०८३

नेपालको हुलाक एकादेशको कथा बन्दै

आज ९ अक्टोबर। विश्वभर विभिन्न कार्यक्रमसहित विश्व हुलाक दिवस मनाइँदै छ। ९ अक्टोबर १८७४ का दिन विश्व हुलाक संघको स्थापना भएको दिनलाई हुलाक दिवस मनाउने गरिन्छ।
 |  शनिबार, असोज २३, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, असोज २३, २०७८

काठमाडौं- आज ९ अक्टोबर। विश्वभर विभिन्न कार्यक्रमसहित विश्व हुलाक दिवस मनाइँदै छ। ९ अक्टोबर  १८७४ का दिन विश्व हुलाक संघको स्थापना भएको दिनलाई हुलाक दिवस मनाउने गरिन्छ।  

नेपालले  सन् १९७६ अर्थात २६ असोज २०१३ बाट विश्व हुलाक संघको सदस्यता पाएपछि मात्र हुलाक दिवस मनाउन थालेको हो। यस वर्ष ‘इनोभेट टु रिकभर’ नाराका साथ विश्वभर विश्व हुलाक दिवस मनाइँदैछ।

विश्वमा सन् १६३५ बाट आधुनिक हुलाक सेवा सुरु भएको मानिन्छ। कतिपय देशमा अहिले हुलाकको अस्तित्व  छैन भने कतिपय देशले हुलाक सेवालाई आधुनिक बनाएका छन्। विश्व हुलाक संघको एक तथ्यांकअनुसार विश्वका १९२ देशमा ५० लाख भन्दा बढी हुलाककर्मी छन्। 

नेपालमा हुलाक सेवा र यसको इतिहास

१९३५ सालमा ‘नेपाल हुलाक घर’ को स्थापना भएसँगै नेपालमा हुलाक सेवाको सुरुवात भएको हो। यसपछि १९३७ मा तारिख टाँचाको पहिलो प्रयोग भएको थियो। १९३८ मा नेपाली हुलाक टिकटको पहिलो प्रकाशन भएको थियो।

१९९३ मा नेपाल र भारतबीच सम्झौता भएपछि नेपाली र भारतीय टिकटको प्रयोगमा भारतमा र नेपालबीच पत्र पठाउने कामको सुरुवात भएको थियो। १ वैशाख २०१६ देखि नेपालले अन्तर्राष्ट्रिय हुलाक सेवा सञ्चालनमा ल्याएको थियो। 

सञ्चारका अन्य माध्यमको विकास भएसँगै हुलाक सेवा पछिल्लो समय ओझेलमा पर्दै भएको छ। सञ्चारका अन्य माध्यमको विकास तथा पहुँच बढ्दै गएपछि नेपालमा अहिले हुलाक सेवा संकटमा परेको छ।

सरकारले उपत्यकामा सञ्चालन भइरहेको घुम्ती हुलाक सेवालाई देशभर लैजाने भने पनि अहिलेसम्म त्यसमा कुनै काम भने हुन सकेको छैन।

- न्युज कारखाना

प्रकाशित: Oct 09, 2021| 07:49 शनिबार, असोज २३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।