बिहीबार, वैशाख २४, २०८३
  • गृहपृष्ठ
  • विदेश
  • नोबेल शान्ति पुरस्कार विश्व प्रेसका लागि ’शुभ समाचार’ : गोर्भाचोभ

नोबेल शान्ति पुरस्कार विश्व प्रेसका लागि ’शुभ समाचार’ : गोर्भाचोभ

पूर्वसोभियत नेता तथा नोबेल शान्ति पुरस्कार विजेता मिखाइल गोर्बाचेभले शुक्रबार पत्रकार मारिया रेसा र दिमित्री मुराटोभलाई प्रदान गरिएको यस वर्षको नोबेल शान्ति पुरस्कार विश्वका प्रेसका लागि ‘शुभ समाचार’ भएको बताएका छन्
 |  शनिबार, असोज २३, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, असोज २३, २०७८

मस्को- पूर्वसोभियत नेता तथा नोबेल शान्ति पुरस्कार विजेता मिखाइल गोर्बाचेभले शुक्रबार पत्रकार मारिया रेसा र दिमित्री मुराटोभलाई प्रदान गरिएको यस वर्षको नोबेल शान्ति पुरस्कार विश्वका प्रेसका लागि ‘शुभ समाचार’ भएको बताएका छन्।

National life

'यो राम्रो छ, धेरै राम्रो खबर छ, यस पुरस्कारले आधुनिक संसारमा प्रेसको महत्त्वलाई ठूलो उचाइमा पुर्‍याउँछ,' नेता गोर्भाचोभको टिप्पणी छ। 

शित युद्ध समाप्त पार्न भूमिका खेलेको भन्दै गोर्भाचेभलाई पनि नोबेल शान्ति परस्कार प्रदान गरिएको थियो।

नोबेल पुरस्कार कमिटीका अनुसार यस वर्षको नोबेल शान्ति पुरस्कार फिलिपिनो-अमेरिकी पत्रकार मारिया रेसा र रुसी पत्रकार दिमित्री मुरातोभलाई प्रदान गरिने भएको हो। 

अभिव्यक्ति स्वतन्त्रताको रक्षाका लागि गरेको प्रयासका लागि दुई पत्रकारलाई नोबेल शान्ति पुरस्कार दिइएको कमिटीले जनाएको छ।अभिव्यक्ति स्वतन्त्रता प्रजातन्त्र र दिगो शान्तिका लागि पूर्वसर्त भएको उल्लेख गर्दै दुवै पत्रकारहरुले त्यसको रक्षाका लागि रेसा र मुरातोभलाई उक्त पुरस्कार दिइएको हो। 

रेसा फिलिपिन्सको पेसिगबाट सञ्‍चालन हुने समाचार वेबसाइट र्‍यापलरकी संस्थापक तथा सीईओ हुन्। त्यसअघि उनले झन्डै २० वर्ष सीएनएनका लागि दक्षिणपूर्वी एसियाबाट खोज पत्रकारका रूपमा काम गरेकी थिइन्। फेक न्युजविरुद्धको अभियानका लागि टाइम म्यागजिनले उनलाई सन् २०१८ मा वर्ष व्यक्तिसमेत घोषणा गरेको थियो। उनी फिलिपिन्सका राष्ट्रपति रोड्रिगो दुतेर्तेको कट्टर आलोचक हुन्।

उनलाई सन् २०१९ साइबर अपराधको आरोपमा पक्राउ गरिएको थियो। उनी रिपोर्टर्स विदाउथ बोर्डर्सको सूचना तथा प्रजातन्त्र आयोगकी सदस्यसमेत हुन्।

त्यस्तै मुतारोभ रूसी अखबार नोभाया ग्याजेटाका प्रधान सम्पादक हुन्। उनले सन् १९९५ देखि २०१७ सम्म अखबारको सम्पादन गरेका थिए। नोभाया ग्याजेटालाई कमिटी टु प्रोटेक्ट जर्नालिस्ट्सले 'आजको रूसमा एक मात्र राष्ट्रिय रूपमा प्रभाव पार्न सक्ने आलोचनात्मक अखबार' को संज्ञा दिएको छ।

यसअघि पहिलो पटक सन् १९३५ मा पत्रकारलाई नोबेल शान्ति पुरस्कार प्रदान गरिएको थियो। 

प्रकाशित: Oct 09, 2021| 00:15 शनिबार, असोज २३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।