काठमाडौँ- काठमाडौँ उपत्यकामा बिहिबार बिहान भूकम्पको धक्का महसुस भएको छ । धादिङको सुनौलो बजार आसपासको क्षेत्रलाई केन्द्रविन्दु बनाएर ५ म्याग्निच्युडको भूकम्प गएको हो ।
बिहान ९ बजेर ५० मिनेटमा गएको भूकम्पको धक्का धादिङ, काठमाडौं, नुवाकोट लगायतका जिल्लामा महसुस गरिएको छ । भूकम्पको धक्का पछि सर्वसाधरण आतिएर घर बाहिर निस्किएका थिए ।
राष्ट्रिय भूकम्प प्रविधि मापन केन्द्रले यो परकम्प वा नयाँ भूकम्प भन्ने विषयमा केहि खुलाएको छैन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४