शनिबार, जेठ २, २०८३

नवनियुक्त स्वास्थ्यमन्त्रीले भने - बोलेर होइन, काम गरेर देखाउँछु

नवनियुक्त स्वास्थ्यमन्त्री विरोध खतिवडाले बोलेर भन्‍नेभन्दा पनि काम गरेर देखाउने कुरामा आफ्नो ध्यान केन्द्रित हुने बताएका छन्।
 |  शुक्रबार, असोज २२, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज २२, २०७८

काठमाडौं- नवनियुक्त स्वास्थ्यमन्त्री विरोध खतिवडाले बोलेर भन्‍नेभन्दा पनि काम गरेर देखाउने कुरामा आफ्नो ध्यान केन्द्रित हुने बताएका छन्। 

National life

शुक्रबार साँझ स्वास्थ्य मन्त्रालयमा पदभार ग्रहण गर्दै  मन्त्री खतिवडाले यसअघि प्रतिबद्धता जनाएका लिखित, मौखिक कुराहरु के कारणले रोकिएको छन्, त्यसलाई क्याबिनेट लैजाने र समाधान गर्ने बताएका छन्। 

'यो समय कुरा भन्दा काम गर्ने समय हो,' मन्त्री खतिवडाले भने, ‘सरकारले निरन्तर गर्नसक्ने प्रशासनिक काम आफ्नो ठाउँमा छ, तर यो भन्दा अगाडि प्रतिबद्धता जनाएका कुराहरु लिखित, मौखिक कुराहरु के कारणले अड्किएका छन्, त्यो कुरा मलाई जनाकारी भए क्रमश: क्याबिनेटमा र सम्बन्धित निकायमा कुरा गर्नेछु।’ 

‘मन्त्री खतिवडाले स्वास्थ्य मन्त्रालयले जनातामा विश्वास जाग्‍न सक्नेगरी काम गर्ने बताएका छन्। अबको केही महिनामा नै नेपाललाई कोरोनामुक्त गर्न लागि पर्नेसमेत उनले प्रतिबद्धता व्यक्त गरेका छन्। 

'म आफ्नो तर्फबाट उचित लागेका सल्लाहलाई मनदेखि नै लड्नुपर्ने लडाइँ लड्नेछु। यसको लागि प्रयत्‍न गर्नेछु,' उनले भने। 

मन्त्री खतिवडाले तोकिएका बजेटमा देखिएका समस्यालाई पहिचान गरी समयमा नै सम्पन्‍न गर्न लागिपर्ने बताए। साथै उनले विवादरहित ढंगबाट काम गर्ने बताएका छन्। अबको दिनमा यो मन्त्रालयमा विवाद न्युनिकरण हुने उनले दाबी गरे।

त्यस्तै नवनियुक्त स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री भवानी खापुङले पनि शुक्रबार साँझ नै पदभार ग्रहण गरेकी छन्। शुक्रबार साँझ शपथलगतै रामशाहपथस्थित स्वास्थ्य मन्त्रालय पुगेर दुबै मन्त्रीले पदभार ग्रहण गरेका हुन्। सो क्रममा मन्त्रीहरुले पहिलो निर्णयका रुपमा लैंगिक समानता तथ सामाजिक समावेशीकरणसम्बन्धी रणनीति मस्यौदा मन्त्रिपरिषद् पठाउन सिफारिस गरेका छन्।

प्रकाशित: Oct 08, 2021| 19:58 शुक्रबार, असोज २२, २०७८
प्रतिक्रिया दिनुहोस्