बिहीबार, माघ १, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • अफगानिस्तानमा शक्तिशाली बम विस्फोट हुँदा ५० जनाको मृत्यु

अफगानिस्तानमा शक्तिशाली बम विस्फोट हुँदा ५० जनाको मृत्यु

अफगानिस्तानको कुन्दुज सहरस्थित एक मस्जिदमा शक्तिशाली बम विस्फोट हुदा कम्तिमा ५० जना मृत्यु भएको छ। बीबीसीका अनुसार सयभन्दा बढी घाइते भएका छन्।
 |  शुक्रबार, असोज २२, २०७८

बीबीसी

बीबीसी

शुक्रबार, असोज २२, २०७८

काबुल- अफगानिस्तानको कुन्दुज सहरस्थित एक मस्जिदमा शक्तिशाली बम विस्फोट हुदा कम्तिमा ५० जना मृत्यु भएको छ। बीबीसीका अनुसार सयभन्दा बढी घाइते भएका छन्। 

National life

शुक्रबार प्रार्थनाको क्रममा सएद अबाद नामको अल्पसंख्यक सिया मस्जिदमा बम विस्फोट भएको हो। घटनाबारे पूर्ण विवरण आइसकेको छैन। 

मृतकको संख्या बढ्नसक्ने बताइएको छ। घाइतेहरुलाई उपचारका लागि स्थानीय अस्पतालमा लगिएको तालिबान अधिकारीले जनाएका छन् । 

अफगानिस्तानबाट अमेरिकी सेना फिर्ता भइसकेपछि यो पहिलो शक्तिशाली बम आक्रमण हो। 

विस्फोटको अहिलेसम्म कुनै समूहले जिम्मा लिएको छैन। यद्पि अफगानिस्तानमा तालिबानले सत्ता कब्जा गरेपछि सशस्त्र समूह आईएसआईएस-केका लडाकूले हमला तीव्र पारेका छन्। 

Laxmi sunrise bank
kumari

यसअघि गत साता मात्रै काबुलस्थित एक मस्जिदको मुलगेटमै बम विस्फोट हुँदा चार जना मारिएका थिए।


प्रकाशित: Oct 08, 2021| 19:43 शुक्रबार, असोज २२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।