मंगलबार, चैत ५, २०८१

प्रदेश २: विषयगत समिति हेरफेर, कार्य व्यवस्था परामर्श समिति गठन

प्रदेश २ को प्रदेशसभामा विषयगत समितिहरुमा पदाधिकारी हेरफेर गरिएको छ। शुक्रबार बसेको प्रदेशसभा बैठकले समितिका पदाधिकारीहरु हेरफेर गरेको हो।
 |  शुक्रबार, असोज २२, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज २२, २०७८

जनकपुरधाम- प्रदेश २ को प्रदेशसभामा विषयगत समितिहरुमा पदाधिकारी हेरफेर गरिएको छ। शुक्रबार बसेको प्रदेशसभा बैठकले समितिका पदाधिकारीहरु हेरफेर गरेको हो।

health

प्रदेशसभा सदस्य रामकिशोरप्रसाद यादवलाई सार्वजनिक लेखा समितिमा, सुरेश मण्डललाई कृषि तथा भूमि व्यवस्थापन समितिमा, ज्ञानेन्द्रकुमार यादव र सरोजकुमार सिंहलाई प्रदेश मामिला समितिमा राखिएको छ। ज्ञानेन्द्र र सरोज यसअघि प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्री र राज्यमन्त्री थिए।

त्यस्तै, जितेन्द्र सोनललाई प्राकृतिक स्रोत तथा वातावरण समितिमा राखिएको छ। सोनल पनि यसअघि भौतिक पूर्वाधार विकासमन्त्री थिए। यसअघिका सामाजिक विकास राज्यमन्त्री अभिराम शर्मालाई सार्वजनिक लेखा समितिमा, यसअघिका भौतिक पूर्वाधार विकास राज्यमन्त्री डिम्पलकुमारी झालाई अर्थ तथा योजना समितिमा राखिएको छ।

प्रदेशसभा सदस्य सिंहासन साह कलवारलाई कृषि तथा भूमि व्यवस्थापन समितिबाट सार्वजनिक लेखा समितिमा, बविता कुमारीलाई सार्वजनिक लेखा समितिबाट प्रदेश मामिला समितिमा, प्रल्हाद गिरी गोस्वामीलाई प्रदेश मामिला समितिबाट सार्वजनिक लेखा समितिमा, जानकीशरण साहलाई सार्वजनिक लेखाबाट प्राकृतिक स्रोत तथा वातावरण समितिमा राखिएको हो।

 शुक्रबारको प्रदेशसभा बैठकबाट दलीय सहमतिमा कार्य व्यवस्था परामर्श समिति पनि गठन गरिएको छ। सभामुख अध्यक्ष तथा उपसभामुख उपाध्यक्ष रहने समितिको सदस्यमा प्रदेशसभासँग सम्बन्धित मन्त्री सदस्य, प्रदेशसभा सदस्यहरु उपेन्द्र कुशवाहा, किशोरी साह कमल, चमेली देवी दास, दिलीपकुमार साह, परमेश्वर साह, रामअशिष यादव, शैलेन्द्र यादव, शोभा लामा, सरोजकुमार सिंह, सावित्रीदेवी साह र सुरिताकुमारी साहलाई राखिएको छ।

प्रकाशित: Oct 08, 2021| 19:21 शुक्रबार, असोज २२, २०७८
citizen insidecitizen inside
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।