सोमबार, असार २९, २०८३

आयो २८० सिट क्षमताको वाइडबडी

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- नेपाल वायुसेवा निगमले खरिद गरेको वाइडबडी जहाज नेपाल आइपुगेको छ। २८० सिट क्षमताको पहिलो वाइडबडी जहाज बिहीबार बिहान ८ बजेर २० मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो।

ए ३३० सिरिजको यो जहाज एअरबस कम्पनीसंग निगमले खरिद गरेको हो । निगमले दुईवटा वाइडबडी जहाज खरिदको सम्झौता गरेकोमा पहिलो जहाज नेपाल आइपुगेको हो । 

२०६५ सालमा नै ६ वटा वाइडबडी जहाज किन्न प्रस्ताव आह्वान गरेकोमा २०७१ मा दुईवटा ए ३२० विमान आएका थिए भने १० वर्षपछि ए ३३० जहाज आइपुगेको हो।

नयाँ विमानलाई ‘अन्नपूर्ण’ नाम दिइएको छ। नयाँ विमानलाई स्वागत गर्न मन्त्रालय र निगमका अधिकारीहरु पञ्चेबाजासहित विमानस्थल पुगेका थिए।  

नयाँ विमानमा विजनेश क्लासका १८ र इकोनोमी क्लासका २५६ सिट छन्। यो विमानलाई दुवई, हङकङ, दोहा, क्वालालाम्पुरलगायतका स्थानमा उडाउने तयारी गरिएको नेपाल वायु सेवा निगमका महाप्रवन्धक सुगतरत्न कंशाकारले जनाए। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्