सोमबार, असार २९, २०८३

धादिङमा पहिरोले सात घर बगायो, ५ को मृत्यु, ३ घाइते

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
धादिङ- धादिङको खनियाँबास र नेत्रावती डपजोङ गाउँपालिकामा पहिरोले ७ घर बगाउँदा ३ जनाको मृत्यु भएको छ भने दुई जना बेपत्ता भएका छन् ।

दुई दिनदेखि परेको वर्षाका कारण खनीयाँबास गाउँपालिका–५ स्थित सत्यदेवीको साईश्वाँरामा गोले जेठा भनिने राजु गोलेको घर बगाउँदा उनकी श्रीमति, २ छोरीको मृत्यु भएको छ ।

श्रीमती ३६ बर्षीया वसोधा गुरुङ, १० बर्षीया छोरी लक्ष्मी गुरुङ र ५ बर्षीया सरस्वती गुरुङको पहिरोमा परी मृत्यु भएको प्रहरीले जनाएको छ । उनीहरुको शव बिहीबार विहान पहिरोबाट निकालिएको छ ।

यस्तै खनियाँबास–४ च्यरीबोटमा गएको पहिरोले घर पुरिदा ६१ वर्षीय शमसेर घले र उनकी श्रीमती कोप्ची घलेको मत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । 

पहिरोले पुरिएका घले दम्पतीलाई स्थानीयको सहयोगमा इलाका प्रहरी कार्यालय दार्खाबाट खटिएको टोलीले निकालेको थियो ।  सोही गाँउमा पहिरोले घर बगाउँदा दिपक गोतामे, लक्ष्मी गोतामे, कल्पना र २ वर्षका रवि घाइते भएका छन् ।

यसैगरि नेत्रावती डपजोङ गाउँपालिकाको मार्पाकमा पाँच घर पहिरोले बगाएकोे छ । तर के कति मानविय क्षति भयो भन्ने विवरण प्राप्त हुन सकेको छैन् । घटना स्थल सदरमुकामबाट एक दिनको पैदल दूरीमा पर्दछ । 

वर्षाका कारण जिल्लाको उत्तरी भेगतर्फ जाने सडक भत्किएकाले सदरमुकामबाट गाडी चल्न छाडेको छ । ईलाका प्रहरी कार्यालय दार्खाको प्रहरी टोली भने चिउरीखर्क पुगिसकेको छ भने साईश्वाँरामा प्रहरीको टोली अझै पुग्न सकेको छैन ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।