बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • अपहरणमा परेका १३ वर्षीय बालकको १० घन्टापछि भारतबाट उद्धार

अपहरणमा परेका १३ वर्षीय बालकको १० घन्टापछि भारतबाट उद्धार

सुनसरीका एक बालकलाई अपहरणमा परेको १० घन्टापछि उद्धार गरिएको छ।
 |  शुक्रबार, असोज २२, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज २२, २०७८

सुनसरी- सुनसरीका एक बालकलाई अपहरणमा परेको १० घन्टापछि उद्धार गरिएको छ। सुनसरीको कोसी गाउँपालिका-७ का १३ वर्षीय दिपेन सदालाई भारतको सुपौल जिल्ला ग्राम पञ्चायत बलबदैपपुर-६ बाट आज भारतीय प्रहरीको सहयोगमा बिहान करिब २ बजे उद्धार गरिएको हो। 

बिहीबार दिउँसो ३ बजे भारतको बैरयाकमाल बस्ने मकुम मियाँले मोटरसाइकलमा बालकको घरदेखि ३५ किलोमिटर पूर्व दक्षिणमा लगेर राखेको अवस्थामा भारतीय प्रहरीको सहयोगमा नेपाल प्रहरीले उद्धार गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी सञ्जयसिंह थापाले जानकारी दिए। बालकलाई अपहरण गर्ने मियाँले कुटपिटसमेत गरेको बालकले बताएका छन्। 

घटनमा भारतको सुपौल जिल्ला, ग्राम पञ्चायत बलबदैपुर-६ बैरयाकमाल बस्ने मुकुम मिँयासमेत संलग्नता रहेको प्रहरीले बताएको छ। मुकुम मियाँ नेपालबाट भारत कामदार पठाउने ठेकेदारसमेत रहेका थिए। उनले कोसी गाउँपालिका-७ का १५/२० जना स्थानीयलाई काम लगाइदिन्छु भन्दै सोही स्थानका भुल्टन सदालगायत पाँचजनाबाट प्रतिव्यक्ति दुई लाखका दरले रकमसमेत उठाएका थिए।

स्थानीयले बालक अपहरण गर्ने मकुम मियाँमाथि शंका गरेपछि उनीहरूले भारत नजाने बताएका थिए। त्यसैको रिस फेर्न भुल्टनकै गाउँको बालकलाई अपहरण गरेको प्रहरीको अनुसन्धानले देखाएको छ। 

अपहरणमुक्त भएका बालकलाई अभिभावकको जिम्मा लगाएको प्रहरीले जानकारी दिएको छ। साथै घटनामा संलग्नमाथि अपहरण तथा शरीर बन्धक शीर्षकअन्तर्गत आवश्यक थप अनुसन्धान भई रहेको समेत प्रहरीले बताएको छ।

- न्युज कारखाना 

प्रकाशित: Oct 08, 2021| 12:36 शुक्रबार, असोज २२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।