शनिबार, चैत ७, २०८२

शाकाहारी हुनु वास्तवमै राम्रो हो?

शाकाहारी (भिगन) खानामा फाइबर बढी हुन्छ भने कोलेस्ट्रोल, प्रोटिन, क्याल्सियम र लवणको मात्रा मांसहारभन्दा कम हुन्छ।
 |  सोमबार, असोज २५, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, असोज २५, २०७८

अचेल धेरै मानिस शाकाहारी भोजनतर्फ आकर्षित भइरहेका छन्। के शाकाहारी हुनु वास्तवमै राम्रो हो रु बीबीसी फ्यूचरमा जेसिका ब्राउनले यसका केही प्रमाण खोजेकी छन्।

National life

वितेको एक दशकमा मासु र दुग्धजन्य पदार्थ त्याग्नेको संख्या बढिरहेको छ। बेलायतमा मात्र गएको बाह्र वर्ष ९२००६–२०१८० मा भिगन शाकाहारी (माछामासु र दुधसमेत नखाने) को संख्या तीन गुणा बढेको छ। खानाबाट मासु र पनिरजस्ता पदार्थ हटाउनका लागि मानिसहरु प्रेरित हुनुको एउटा कारण हो– स्वास्थ्य सचेतना।

शाकाहारी (भिगन) खानामा फाइबर बढी हुन्छ भने कोलेस्ट्रोल, प्रोटिन, क्याल्सियम र लवणको मात्रा मांसहारभन्दा कम हुन्छ।

सामान्यतया सबैको जिज्ञासा के देखिन्छ भने शाकाहारी खाना खाँदा शरीरलाई आवश्यक भिटामिन ‘बी १२’ को पूर्ति कसरी हुन्छ? 

माछा, मासु, अण्डा र दुग्धजन्य पदार्थमा पाइने भिटामिन ‘बी १२’ ले खासगरी स्नायु प्रणालीलाई सबल बनाउँछ। यो फलफूल र तरकारीमा भने पाइँदैन।

Laxmi sunrise bank
kumari

एउटा वयस्क मानिसका लागि दैनिक १.५ माइक्रोग्राम भिटामिन ‘बी १२’ आवश्यक हुन्छ।

‘भिटामिन ‘बी १२’ को कमी हुँदा स्नायुसम्बन्धी समस्या आउन सक्छ। शरीरमा लामो समयसम्म यसको पूर्ति हुन सकेन भने अंग नचल्ने समस्या देखिन सक्छ जुन पछि ठिक हुन सक्दैन,’ स्कुल अफ फुड साइन्स एन्ड न्युट्रिसनसँग सम्बद्ध जेनेट केड भन्छिन्।

मांसाहारी, शाकाहारी र माछा मात्र खाने गरी कुल ४८ हजार व्यक्तिहरुमा १८ वर्ष लगाएर गरिएको हालैको एउटा अध्ययनमा के देखिएको छ भने शाकाहारी व्यक्तिमा हृदयघात हुने सम्भावना न्यून हुन्छ तर उनीहरुमा मस्तिष्कघात हुने सम्भावना भने केही बढी हुन्छ।

‘जसले मासु खाँदैनथे उनीहरुमा हृदयघात हुने सम्भावना न्यून भएको देखियो तर मस्तिष्कघात हुने सम्भावना भने झिनो रुपमा बढेको पाइयो,’ अक्सफोर्ड विश्वविद्यालयका पोषणविद् ट्यामी लङ्ग भन्छिन्। 

‘भिगन तथा शाकाहारीलाई भिटामिन ‘बी १२’ को कमी हुने जोखिम बढी हुन्छ, जसले गर्दा उनीहरुमा मस्तिष्कघातको जोखिम उच्च हुन्छ,’ लङ्ग भन्छिन् ।

मस्तिष्कघात हुँदा मस्तिष्कमा रक्तश्राव हुन्छ। शरीरमा कोलेस्ट्रोलको मात्रा घट्दा हृदयाघात हुने सम्भावना न्यून भए तापनि यसले मस्तिष्कघात गराउने सम्भावना भने झिनो रुपमा बढाइदिन्छ।

अक्सफोर्ड विश्वविद्यालयका वरिष्ठ जनस्वास्थ्य अनुसन्धानकर्ता मार्को स्प्रिङम्यानका अनुसार शरीरलाई चाहिने थोरै मात्राको भिटामिन ‘बी १२’  पोषक ‘यिस्ट’, तैयारी खानेकुरा वा वनस्पतिका दूधहरुबाट सजिलै प्राप्त गर्न सकिन्छ।

जहाँ भिटामिन ‘बी १२’  मिसाइएको तयारी खाद्यवस्तु उपलब्ध हुँदैनन् ती क्षेत्रका मानिसहरुले भिटामिन सप्लिमेन्ट खानुपर्ने स्प्रिङम्यानको सुझाव छ ।

साथै, एकेडेमी अफ न्युट्रिसन एन्ड डाइटेटिक्सका अनुसार शाकाहारी व्यक्तिले ‘बी १२’  को लागि भिटामिन सप्लिमेन्ट वा पोषक खाना खानै पर्छ ।

जेनेट केडको सुझाव के छ भने जो व्यक्ति वा बालक शाकाहारी छन् तिनले शरीरलाई चाहिने मात्रामा ‘बी १२’  लिनै पर्छ।

भिगन शाकाहारीमा नपाइने भिटामिन तयारी खाना वा भिटामिन गोली खाएर लिनु पर्ने भयो । तर, प्रोटिनका लागि के गर्ने त रु

शाकाहारी खानामा प्रोटिनको मात्रा पुग्दो हुँदैन कि भन्ने पनि आम जिज्ञासा छ।

यसबारे स्प्रिङम्यान भन्छिन्, ‘हामीले कसैमा प्रोटिनको अभाव भएको केस अहिलेसम्म देखेका छैनौं। सबै खानामा केही मात्रामा  प्रोटिन हुन्छ नै। तर जसले पुग्दो मात्रामा क्यालोरीयुक्त खाना खाँदैनन् तिनीहरुमा मात्र प्रोटिन अभाव हुन्छ।’

भटमासको दूधमा पनि गाइको दूधमा हुने जत्तिकै प्रोटिन पाइन्छ। ‘शाकाहारी खानामा आइरनको मात्रामा कमी हुँदैन,’ स्प्रिङम्यान भन्छिन्, ‘तर सबै रंगका फलफूल र तरकारीहरु खानु पर्छ।’

उनका अनुसार सन्तुलित शाकाहारी खाना वास्तवमै शरीररको लागि स्वस्थ्यकर खाना हो। उनको सुझाव छ– हामीले सकेसम्म विविध रंगका फलफूल तथा तरकारीहरु धेरै भन्दा धेरै खानुपर्छ।

यसका साथै चामल, मकै, गहुँ, जौलाई पनि नियमित खानामा समावेश गर्नुपर्छ भने बदाम, थरीथरीका गेडागुडी तथा गहत र आलसलाई पनि छुटाउनु हुँदैन, किनभने यिनमा शरीरलाई चाहिने ओमेगा ३ भन्ने तत्व पाइन्छ।

आम बुझाइ के पनि छ भने शाकाहारी खानामा विविधता हुँदैन । सन् २०१८ मा अध्ययनमा के देखियो भने खानामा विविधता हुँदैमा त्यो स्वास्थकर हुन्छ भन्ने ग्यारेन्टी हुँदैन बरु विविध खाना खाँदा शरीरलाई प्रतिकूल असर पुग्ने प्रोसेस गरिएका खानाको मात्रा बढ्ने र शरीररमा चिनीको मात्रा बढ्ने देखिन्छ।

अचेल सर्वसुलभ हुँदै गएका प्याकेटका शाकाहारी खाना पनि उस्तो स्वस्थ्यकर नहुने स्प्रिङम्यानको तर्क  । ‘ती खाना पनि अन्य जङ्क फुड जस्तै घातक हुन्छन्,’ उनी भन्छिन्।

अध्ययनमा के देखिएको थियो भने जसले माछामासु भन्दा सागपात धेरै खाने गरेका थिए, तीनमा अन्यको तुलनामा हृदयघातको सम्भावना ३२ प्रतिशतले कम थियो।

‘खान्की र स्वास्थ्य समस्याको गजबको सम्बन्ध हुने रहेछ भन्ने देखियो,’ जोन हप्किन्स पब्लिक हेल्थ स्कुलका सह–प्राध्यापक केसयी रोबहोल्जले भनिन्। ‘जसले फलफूल र तरकारी धेरै खान्छन् उनीहरुले रातो तथा प्रोसेस गरिएको मासु कम खाने रहेछन्,’ उनले भनिन्, ‘फलफूल तथा तरकारीको संयोजनका कारणले आउने प्रतिफलका कारण सागपातमा आधारित खाना स्वास्थ्यको लागि अधिक फाइदाजनक छ।’

स्वस्थ हुनुका अन्य कारण पनि छन्। ‘प्रायः शाकाहारीहरु धूमपान गर्दैनन्, थोरै मात्र पिउने गर्छन् र धेरै शारीरिक अभ्यास गर्छन्,’ कोपनहेगन विश्वविद्यालयका प्रोफेसर फिडोन म्याकोस भन्छन्।

जीवनशैलीसँग सम्बन्धित यी अभ्यासले हृदयघात तथा मृत्युदरलाई कम गराउँछ, जसले शाकाहारी खाना वास्तवमै प्रभावकारी छ भन्ने पुष्टि गर्छ।    -नेपाल समय अर्काइभबाट

(स्वतन्त्र पत्रकार जेसिका ब्राउनको बीबीसी फ्युचरमा हालै प्रकाशित लेखको नेपाली अनुवाद महेश्वर आचार्यले गरेका हुन्।)

प्रकाशित: Oct 11, 2021| 05:10 सोमबार, असोज २५, २०७८
प्रतिक्रिया दिनुहोस्