बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • स्वास्थ्य सेवा विभागमाका महानिर्देशकको म्याद थपेको भन्दै सरकारी चिकित्सक संघको आपत्ति

स्वास्थ्य सेवा विभागमाका महानिर्देशकको म्याद थपेको भन्दै सरकारी चिकित्सक संघको आपत्ति

स्वास्थ्य सेवा विभागका निमित्त महानिर्देशक डा. आरपी बिच्छाको बिना कारण सेवा म्याद थपेको भन्दै सरकारी चिकित्सक संघले विरोध गरेको छ।
 |  शुक्रबार, असोज २२, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज २२, २०७८

काठमाडौं– स्वास्थ्य सेवा विभागका निमित्त महानिर्देशक डा. आरपी बिच्छाको बिना कारण सेवा म्याद थपेको भन्दै सरकारी चिकित्सक संघले विरोध गरेको छ। 

सरकारले कात्तिक ६ गते सेवा अवधि सकिन लागेका स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. आरपी बिच्छाको सेवा म्याद २ वर्ष थप्ने निर्णय गरेसँगै संघले विरोध गरेको हो।

सरकारले एक व्यक्ति केन्द्रित भएर नियमको गलत व्याख्या गर्दै महानिर्देशकको सेवा म्याद थपेको भन्दै संघले ध्यानाकर्षण गराएको छ। संघले एक विज्ञप्ति जारी गर्दै भनेको छ, ‘कुनै विशेषज्ञको विज्ञता राष्ट्रलाई आवश्यक भएकोमा निजको अवधि थप गर्नु र निजको विज्ञताको सदुपयोग गरिनु स्वागत लायक हुन सक्छ तर विज्ञताको नाममा कार्यकारी पद नै सुम्पिन खोज्नु हास्यास्पद एवं मनसाय पूर्ण छ। यसले महानिर्देशक हुन योग्यता पुगेका अन्य कर्मचारीलाई निराश र निरुत्साहित मात्र पारेको छैन कि अनुभव, लक्ष्य, पद्धति आदि सबैको धज्जी उडाएको छ।’

संघले विभागको महानिर्देशकमा नियमानुसार योग्यताको आधार उपयुक्त व्यक्ति नियुक्त गर्न माग गरेको छ। 

प्रकाशित: Oct 08, 2021| 10:53 शुक्रबार, असोज २२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।