सोमबार, असार २९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • विषाक्त मदिरा सेवन गर्दा धनुषामा ४ जनाको मृत्यु, एक सिकिस्त

विषाक्त मदिरा सेवन गर्दा धनुषामा ४ जनाको मृत्यु, एक सिकिस्त

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
जनकपुरधाम- घरेलु मदिरा सेवन गरेर धनुषामा चार जनाको ज्यान गएको छ।

धनुषाको कमला नगरपालिकाको सिंग्याही मडानमा विषाक्त मदिरा सेवन गर्दा वडा नम्बर ५ लक्कड बस्ने ४० वर्षीय रामनाथ पासवान, ५० वर्षीय रामचन्द्र पासवान, सिंग्याही मडान बस्ने ४५ वर्षीय साबिर अन्सारी र ३६ वर्षीय मणि पासवान ज्यान गएकोे जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक गोविन्द थपलियाले जानकारी दिए। 

मदिरा सेवन गरेर गम्भीर बिरामी परेका जामुन पासवानको अवस्था पनि चिन्ताजनक रहेको प्रहरीले जनाएको छ।

गाउँका एकजना स्थानीय वैदेशिक रोजगारमा जानुपूर्व खसी काटेर गरेको भोजमा उनीहरुले मदिरा सेवन गरेको स्थानीयले बताएका छन् । मदिरा सेवन गरेका उनीहरु मंगलबार रातिदेखि सिकिस्त बनेका थिए । उनीहरुको बुधबार अपरान्ह मृत्यु भएको प्रहरीले जनाएको छ। घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।