शुक्रबार, कात्तिक २८, २०८२
  • गृहपृष्ठ
  • प्रदेश
  • कपिलवस्तुमा नियन्त्रण भएन झाडापखालाको प्रकोप: ४३० जना अस्पताल भर्ना

कपिलवस्तुमा नियन्त्रण भएन झाडापखालाको प्रकोप: ४३० जना अस्पताल भर्ना

झाडापखलाका बिरामी सोमबार रातिदेखि बिहिबार साँझसम्म अस्पतालमा ४३० जना भर्ना भएको अस्पतालले जनाएको छ।
 |  बिहीबार, असोज २१, २०७८

विनोद परियार

विनोद परियार

बिहीबार, असोज २१, २०७८

बुटवल- कपिलवस्तुको कृष्णनगरमा फैलिएको झाडापखलाले हालसम्म ४३० जना अस्पताल आएको स्वास्थ्य कार्यालयले जनाएको छ। झाडापखलाका बिरामी सोमबार रातिदेखि बिहिबार साँझसम्म अस्पतालमा ४३० जना भर्ना भएको अस्पतालले जनाएको छ।

National life

यसमध्ये ३२ जनालाई थप उपचारका लागि शिवराज अस्पताल बहादुरगञ्‍जले रेफर गरेर बुटवल र तौलिहवा पठाएको स्वास्थ्य कार्यालय कपिलवस्तुका प्रमुख हेमराज पाण्डेले बताए। उनका अनुसार बिरामीहरु आउने क्रम अझै पनि जारी छ। शिवराज अस्पतालमा भर्ना भएकामध्ये अधिकांश उपचारपछि निको भएर घर फर्किएको उनले बताए। अहिले ९० जना अस्पतालमा उपचाररत छन्। यसमध्ये १० जनाको अवस्था जटिल रहेको पाण्डेले बताए। उनले अहिलेसम्म बिरामीको उपचारमा कुनै कमी हुन नदिएको बताए।

झाडापखला पानीबाट फैलिएको स्वास्थ्य कार्यालयले जनाएको छ। थप कारण पत्ता लगाउन कपिलवस्तुले लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा दिशाको नमूना पठाएको छ। लुम्बिनी प्रादेशिक अस्पतालले थप अध्ययनका लागि काठमाडौंस्थित टेकु अस्पतालमा पठाएको अस्पतालका मेडिकल सुपरिटेन्डन डा. इन्द्र ढकालले बताए। उनका अनुसार लुम्बिनीबाट पाँच जना चिकित्सक झाडापखला बिरामीको उपचारका लागि कपिलवस्तुमा खटिएका छन ।

प्रदेश स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको टोलीले बिहीबार पनि अनुगमन गरेको छ। यस्तै संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट पनि एक टोली अध्ययनका लागि आइरहेको जनाइएको छ। दुषित पानीबाटै झाडापखलाका बिरामी बढेको पाइएको र थप तथ्य रिर्पोट आएपछि खुल्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालय लुम्बिनीका सचिव डा. विकास देवकोटाले बताए। उनले हैजा हुनसक्ने आँकलन गरिएको बताए। ‘प्रदेश सरकारको तर्फबाट उपचारमा कुनै कमी हुन नदिने गरि प्रबन्ध गरिएको छ,’ उनले भने ।

कृष्णनगर वडा नम्बर ९ का अध्यक्ष राममिलन कुर्मीका अनुसार झाडापखालबाट हालसम्म पाँच वर्षका राज कश्यप, ४० वर्षका रामप्रसाद केवटको मृत्यु भएको छ। कृष्णनगरको सुखरामपुर, जमुनी, देवानगडिया, बहादुरगञ्ज, गणेशपुर, डावरा दयानगर, विजयनगर, जुमिलालगायतका गाउँमा सोमबारदेखि झाडापखाला र बान्ताका बिरामी देखिएका हुन्।

Laxmi sunrise bank
kumari

प्रकाशित: Oct 07, 2021| 20:22 बिहीबार, असोज २१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।