काठमाडौं– पछिल्लो २४ घण्टामा देशभर ८०५ जना कोरोना संक्रमित थपिएका छन्। १० हजार ६७२ जनाको पीसीआर तथा एन्टिजेन परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो।
८ जना संक्रमितको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। आजको दिनमा सक्रिय संक्रमितको संख्या १५ हजार ९४२ छ।
सोही अवधिमा ९११ जना संक्रमणमुक्त भएका छन् भने ५७ हजार १५८ जनाले कोभिडविरुद्धको खोप लगाएका छन्।