काठमाडौं– त्रिभुवन विश्वविद्यालय शिक्षा शास्त्र संकायले विद्यावारिधि तहको छात्रवृत्तिका लागि आवेदन माग गरेको छ। शिक्षा शास्त्र संकायको डिन कार्यालयले ओस्लो मिट विश्वविद्यालय नर्वेसँग भएको सम्झौता अनुसार छात्रवृत्तिको लागि आवेदन माग गरेको हो।
बिल्डिङ इनक्ल्युसिभ एजुकेशन प्रोग्राम इन नेपाल कार्यक्रम अन्तर्गत शिक्षा शास्त्र संकायलाई प्राप्त समावेशी, विषेश आवश्यकता शिक्षा विषयमा नर्वेको विश्वविद्यलायमा पूणर्कालीन ३ वर्षे छात्रवृत्ति विद्यावारिधि तहमा अध्ययन गर्नका लागि १ सिट छात्रवृत्ति कोटाका लागि आवेदन माग गरिएको जनाएको हो।
कार्यालयले आवेदन दिनका लागि विशेष आवश्यक शिक्षा वा यससँग सम्बन्धित अन्य विषयमा एमएड तह उत्तिर्ण गरी त्रिभुवन विश्वविद्यालयमा उपप्रध्यापक (स्थायी) पदमा कार्यरत रही ५० वर्ष ननाघेका शिक्षकबाट ५ हजार शव्द नबढाई तयार गरीएको सोध प्रस्तावना र अमवश्यक कागजात सहित आवेदन दिन सक्ने जनाएको छ ।
कार्यालयले २०७८ कात्तिक १७ गते साँझ ४ बजेसम्ममा आवेदन दिइसक्न सूचित गरेको छ ।