सोमबार, असार २९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • मुक्तिनाथ बैंकले एडभान्सड अटोमोबाइल्सको सवारी साधनमा लगानी गर्ने

मुक्तिनाथ बैंकले एडभान्सड अटोमोबाइल्सको सवारी साधनमा लगानी गर्ने

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- मुक्तिनाथ विकास बैंक लिमीटेडले एडभान्सड अटोमोबाइल्सको सवारी साधनमा लगानी गर्ने भएको छ। 

बैंकले रिनल्ट कम्पनीको सवारी साधनको अधिकृत विक्रेता विशाल ग्रुप अन्तर्गतको थापाथली काठमाडौंस्थित एडभान्सड अटोमोबाइल्स प्रालिसँग रिनल्ट ब्राण्डका विभिन्न मोडेलका सवारी साधनमा लगानी गर्ने सम्बन्धी सम्झौता गरेको हो। 

उक्त सम्झौता पत्रमा मुक्तिनाथ विकास बैंकलिमीटेडका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोख्ररेल र एडभान्स अटोमोबाइल्स प्रालिका प्रबन्धनिर्देशक निकुञ्ज अग्रवालले हस्ताक्षर गरेका हुन्।

सम्झौता बमोजिम एडभान्सड अटोमोबाइल्स प्रालिले आयात गरी विक्रीवितरण गर्ने रिनल्ट कम्पनीका सवारी साधन खरिद गर्न चाहने ग्राहकलाई बैंकले खरिद मूल्यको ६५ प्रतिशतसम्म लगानी गर्नुका साथै आकर्षक व्याजदरमा कर्जा प्रवाह गर्ने जनाइएको छ।
 
सम्झौता बमोजिम कर्जा लिने ग्राहकहरुले अग्रिम रुपमा कर्जा भुक्तानी गर्नुपर्र्दा बैंकबाट लिइने कर्जा भुक्तानी शुल्क नलिने व्यवस्था गरिएको छ । यो सेवा बैकका देशभर रहेका शाखा कार्यालयहरुबाट उपलब्ध हुने जनाइएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।