काठमाडौं- गृहमन्त्री रामबहादुर थापा बादलले सनम शाक्य हत्या काण्डमा संलग्न रहेकाहरुको छानबिन भइरहेको भन्दै उच्चपदस्थ पात्रहरु पनि छानबिनको घेरामा पर्ने बताएका छन्।
प्रतिनिधि सभाका सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिँदै मन्त्री थापाले भने ‘सनम शाक्य हत्या प्रकरणमा ६३ जनालाई छानबिनको घेरामा राखिएको छ। जसमा ३३ जनालाई जेलमा पठाइएको छ भने, १० जनालाई प्रहरी हिरासतमा राखिएको छ।’
उनले छिमेकी कुनै पनि देशका राजदूतले नेपालको विकास वा कुनै सहयोगको नाममा सरकारको अनुमति बिना सिधै जिल्ला गएर बजेट बाँड्न नपाईने बताए।
गृहमन्त्रीले करिव २० वटा स्थानीय तह (पालिका) मा प्रहरी चौकी स्थापना गर्न नसकिएकोसमेत जानकारी गराए।
उनले विकास निर्माणको काममा ढिला सुस्ती गरेर विकासको काम भताभूंग पारेकोले त्यस्ता ठेकेदारहरुलाई नियन्त्रणमा ल्याउने काम नेपाल प्रहरीले गरेको बताए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४