शनिबार, कात्तिक १, २०८२
  • गृहपृष्ठ
  • प्रदेश
  • वीरगन्जमा दसैंको रौनक, सीमावर्ती क्षेत्रको सुरक्षा व्यवस्थामा कडाइ

वीरगन्जमा दसैंको रौनक, सीमावर्ती क्षेत्रको सुरक्षा व्यवस्थामा कडाइ

नेपालीको महान् चाड दसैं आजबाट सुरु भएको छ। प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म दसैं मनाइन्छ। बडा दसैंको पहिलो दिन आज घरघरमा घटस्थापना गरी दियो, कलश र गणेश स्थापना गरेर वैदिक विधिपूर्वक देवी दुर्गाको पूजा आराधना गरिन्छ।
 |  बिहीबार, असोज २१, २०७८

जियालाल साह

जियालाल साह

बिहीबार, असोज २१, २०७८

पर्सा- नेपालीको महान् चाड दसैं आजबाट सुरु भएको छ। प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म दसैं मनाइन्छ। बडा दसैंको पहिलो दिन आज घरघरमा घटस्थापना गरी दियो, कलश र गणेश स्थापना गरेर वैदिक विधिपूर्वक देवी दुर्गाको पूजा आराधना गरिन्छ। 

Kumaribank

पर्सामा पनि घटस्थापनाको पहिलो दिन आज वीरगंजको प्रसिद्ध गहवामाई मन्दिरमा भक्तजनको घुइँचो लागेको छ। आजबाट नवरात्र सुरु भएको अवसरमा विभिन्न चोक-चोकमा माता दुर्गाको मूर्ति बनाई पूजा पाठ गरिँदै छ। 

घटस्थापनाको पहिलो दिन आज बिहानै नुहाएर नजिकको नदी वा चोखो स्थलबाट माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजाकोठा अथवा दसैं घरमा विधिपूर्वक राखेर त्यसमाथि जौ रोपिन्छ। यसलाई जमरा राख्ने पनि भनिन्छ। 

दसैंको अवसरमा पर्सामा विशेष सुरक्षा व्यवस्थासमेत लागू भएको छ। विभिन्न चोक तथा सीमावर्ती क्षेत्रमा सदा पोसाकका प्रहरी खटाएर शान्ति सुरक्षा कायम गराउन लागिएको पर्साका प्रहरी नायब उपरीक्षक ओम प्रकाश खनालले बताए। 

खासगरी सीमावर्ती क्षेत्रमा लुटपाट, धाक धम्की आउने खालका सूचनालाई तदारुकताका साथ नियन्त्रण गराउने उद्देश्यले जिल्लामा रहेका ९ सय ६३ प्रहरी परिचालन गराइएको हो। 

Metro Mart

दसैं चाडबाडमा भिडभाडलाई मध्य नजर गर्दै थप दैविक प्रकोपबाट ५० जना प्रहरी रिजर्भका लागी माग गरिएको प्रवक्ता खनालले जानकारी गराएका छन्।

प्रकाशित: Oct 07, 2021| 10:09 बिहीबार, असोज २१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।