शनिबार, चैत ७, २०८२

‘आँखालाई माया गरौं’ भन्‍ने मुल नारासहित विश्व दृष्टि दिवस मनाइने

नेपाल नेत्रज्योति संघले विश्व दृष्टि दिवस २०२१ को शुभारम्भ गरेको छ। बुधवार काठमाडौंका एक कार्यक्रम गर्दै संघले विश्व दृष्टि दिवस २०२१ को शुभारम्भ भएको घोषणा गरेको हो।
 |  बिहीबार, असोज २१, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, असोज २१, २०७८

काठमाडौं- नेपाल नेत्रज्योति संघले विश्व दृष्टि दिवस २०२१ को शुभारम्भ गरेको छ। बुधवार काठमाडौंका एक कार्यक्रम गर्दै संघले विश्व दृष्टि दिवस २०२१ को शुभारम्भ भएको घोषणा गरेको हो।

National life

यस पटकको विश्व दृष्टि दिवस आँखालाई माया गरौँ भन्ने मुल नाराका साथ मनाउन लागिएको छ। कार्यक्रममा नेपाल नेत्रज्योति संघका कार्यकारी निर्देशक शैलेशकुमार मिश्रले संघको अबको योजना भनेको स्थानीय र प्रदेश सरकारसँग समन्वय गरेर वडा स्तरसम्मै आँखाको सेवालाई प्रभावकारी बनाउने बताए। उनले वडास्तरमा र दुर्गम जिल्लाहरुका नागरिक, महिला र सीमान्तकृत वर्गहरुलाई आँखाको सेवा पुर्याउनका लागि योजना बनाएर अघि बढ्ने बताए। उनले संघले हरेक पालिकामा आँखा उपचार केन्द्र स्थापना गर्ने लक्ष्य संघले राखेको भन्दै हरेक जिल्लामा स्थायी रुपमै आँखा उपचार केन्द्र स्थापना गरेको बताए।

कार्यकारी निर्देशक मिश्रले भने, ‘नेपालमा भारत, बंगलादेश, भुटान लगायतका अन्य मुलुकबाट पनि आँखा जाँच र शल्यक्रिया गर्न आउने गरेका छन्, अबको संघको योजना भनेको वडा स्तरमै आँखा उपचार केन्द्र लैजाने र सेवा प्रदान गर्ने हो हामीले त्यो गरिरहेका पनि छौँ, अब स्थानीय, प्रदेश सरकारसँग मिलेर हामी वडा स्तरमा आँखाको सेवालाई अघि बढाउँछौँ, जनचेतनाका कार्यक्रम गर्छौं, हरेक पालिकामा उपचार केन्द्र खोल्ने हाम्रो योजना छ, अबको फोकस महिला, बालबालिका, सीमान्तकृत वर्गहरु र दुर्गम जिल्लाका जनताहरुलाई आँखाको सेवा दिने रहनेछ, हामीले २२ वटा आँखा अस्पताल, १२८ वटा उपचार केन्द्र र ४२ वटा जिल्लाशाखाको माध्यमबाट हामी आँखाको सेवा दिइरहेका छौँ।’

विश्व दृष्टि दिवस सन् १९९८ देखि विश्वभर मनाइँदै आइएको छ। संसारमा विश्व दृष्टि दिवस हरेक वर्ष अक्टोबरको दोस्रो बिहीवार मनाउने गरिन्छ। विश्व स्वास्थ्य संगठनका अनुसार विश्वमा २२० करोड मानिसहरुमा दृष्टिदोषको समस्या रहेको छ भने ३ करोड ९० लाख मानिसहरुमा अन्धोपनको समस्या रहेको छ। त्यस्तै १०० करोड जनता अझै पनि सेवाको पहुँच बाहिर रहेका छन्। त्यस्तै दृष्टिबिहीनहरुमध्ये ६५ प्रतिशत मानिस ५० वर्ष उमेर समूहभन्दा माथिका रहेका छन्। नेपालमा पनि शिक्षा, चेतनाको कमी तथा सेवाको पहुँचका कारण दृष्टिहीनताको स्थिती अझै प्रमुख स्वास्थ्य समस्या रहँदै आएको छ।

प्रकाशित: Oct 07, 2021| 04:50 बिहीबार, असोज २१, २०७८
प्रतिक्रिया दिनुहोस्