मंगलबार, फागुन १९, २०८२

कोभिडका बिरामीमा खुट्टाको औंला चिलाउने समस्या : अध्ययन

वैज्ञानिकहरुले कोरोना महामारीका खुट्टाको औंलाहरुमा चलाउने र सुनिन्‍ने समस्या देखिने गरेको बताएका छन्।
 |  बिहीबार, असोज २१, २०७८

बीबीसी

बीबीसी

बिहीबार, असोज २१, २०७८

लन्डन- वैज्ञानिकहरुले कोरोना महामारीका खुट्टाको औंलाहरुमा चलाउने र सुनिन्‍ने समस्या देखिने गरेको बताएका छन्। 

पछिल्लो अध्ययनले कोरोना महामारी भएका बिरामीहरुको उपचारपछि साइड इफेक्टको रुपमा खुट्टाको औंला चिलाउने र सुन्‍निने समस्या देखिने गरेको बताइएको छ। 

ब्रिटिश जर्नल अफ डर्माटोलोजिले यसको लक्षण अनुसार उपचार गर्न सकिने जनाएको छ। यो समस्या जुनसुकै उमेर समूहकालाई देखिने भए पनि विशेष गरी बालबालिका र किशोरावस्थामा रहेकाहरुलाई बढी देखिने गरेको बताइएको छ।  

यो समस्या देखिएका केहीलाई दुखाइ नहुने भए पनि कसैलाई पनि दाना आउने, अत्यन्त दुखाई र खुजली हुन सक्ने र सुजन हुने बताइएको छ। 

छाला चिलाउने र कहिलेकाहीँ हातका औंलाहरुमा पनि यो समस्या देखिसक्ने बताइएको छ। त्यसैगरी चिलाएको भागमा फोकाहरु आउने र त्यो विस्तारै बढ्दै जाने समस्या हुनसक्ने अध्ययनले देखाएको छ। 

kumari

५० जना कोरोना संक्रमितमा गरिएको यस अध्ययनमा १३ जनामा समान समस्या देखिएको पाइएको छ। अन्य पनि सामान्य औंला चिलाउने समस्या देखिएको छ। 

प्रकाशित: Oct 07, 2021| 05:00 बिहीबार, असोज २१, २०७८
प्रतिक्रिया दिनुहोस्