सोमबार, असार २९, २०८३

पाँच बर्षपछि वैदेशिक रोजगारीमा जान नपाइने

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- श्रम, रोजगार तथा समाजिक सुरक्षा मन्त्री गोकर्ण बिष्टले आगामी पाँच बर्षपछि नेपाली यूवा वैदेशिक रोजगारीमा जान नपाइने बताएका छन्।
 
संसद्मा बुधबार सांसद्हरुले उठाएका प्रश्नहरुको जवाफ दिँदै मन्त्री विष्टले आगामी पाँच वर्षमा सरकार आफैं सक्षम भएकोले कुनै पनि नेपाली युवालाई विदेश जान नपर्ने बताए । उनले भने, आगामी पाँच वर्षमा रोजगारीका लागि कोही पनि नेपाली नागरिक विदेश जान नपाइने नियम बनाउने छौं।’

उनले पाँच बर्षभित्रमा नेपालमै कृषि, पर्यटन लगायतको क्षेत्रमा रोजगारीको सृजना गरी विदेश जानु नपर्ने वातावरण सिर्जना गरिने दाबी गरे। मन्त्री विष्टले आगामी साउन एक गतेदेखि लागू गर्ने गरी श्रमिकको न्युनतम ज्याला निर्धारण गरिने जानकारी दिए। 

‘सार्वजनिक जीवनबाट अवकास लिन्छु’

मन्त्री गोकर्ण बिष्टले आफूले मन्त्रालय मातहतका कुनै पनि निकायबाट एक रुपैयाँ मात्र पनि कमिसन खाएको भए सार्वजनिक जीवनबाटै अवकास लिने चुनौति दिएका छन्। 

नेपाल मजदूर किसान पार्टीका सांसद प्रेम सुवालले वैदेशीक रोजगारीको नाममा हुने ठगीको कमिसन श्रम सचिव हुँदै मन्त्रीसम्म आई पुग्छ भन्ने छ नी ? भनी प्रश्न गरेका थिए। 

सांसद सुवालको प्रश्नप्रति आक्रामक हुँदै मन्त्री बिष्टले भने ‘यो मर्यादित सदनमा माननिय सांसदहरुले पनि मर्यादामा रहेर प्रस्तुत हुन आग्रह गर्छु। त्यस्तो रकम आएको कुनै प्रमाण आएमा म पदमा  त के सार्वजनिक जीवनबाटै अलग हुन्छु।’
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।