शुक्रबार, कात्तिक २८, २०८२
  • गृहपृष्ठ
  • प्रदेश
  • सीता भण्डारी प्रकरण : श्रीमानसहित ३ जनालाई पुर्पक्षका लागि थुनामा राख्‍न आदेश

सीता भण्डारी प्रकरण : श्रीमानसहित ३ जनालाई पुर्पक्षका लागि थुनामा राख्‍न आदेश

रुपन्देहीको तिलोत्तमाकी सीता भण्डारी पौडेलको आत्महत्या दुरुत्साहन मुद्दामा पक्राउ परेका तीन जनालाई पुर्पक्षका लागि थुनामा राख्‍न रुपन्देही जिल्ला अदालतले आदेश दिएको छ।
 |  बुधबार, असोज २०, २०७८

विनोद परियार

विनोद परियार

बुधबार, असोज २०, २०७८

National life
Laxmi sunrise bank
kumari

बुटवल- रुपन्देहीको तिलोत्तमाकी सीता भण्डारी पौडेलको आत्महत्या दुरुत्साहन मुद्दामा पक्राउ परेका तीन जनालाई पुर्पक्षका लागि थुनामा राख्‍न रुपन्देही जिल्ला अदालतले आदेश दिएको छ। अदालतले मंगलबार र बुधबार भएको थुनछेक बहसदले सिताका श्रीमान, जेठाजु र अमाजूलाई थुनामा राख्‍न आदेश  दिएको हो।

अदालतको फैसला अनुसार श्रीमान टीका पौडेल, जेठाजु हरि पौडेल  र आमाजू विष्णु पौडेल कारागार चलान भएका हुन्। अदालतको आदेशपछि बुधबार नै कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ।  गत भदौ २० गते तिलोत्तमा नगरपालिका वडा नं.५ बस्‍ने वर्ष २७ की सीता भण्डारी पौडेलको शव भेटिएको थियो। 

सीताका माइती पक्षले भने आत्महत्या नभइ हत्या नै भएको दाबी गर्दै आएका छन्। तर, प्रहरीले भने पोस्ट मार्टम रिपोर्ट र सीआईबीको टोलीले गरेको अनुसन्धानमा समेत आत्महत्या देखिएको भन्दै आत्महत्या दुरुत्साहन मुद्दा अघि बढएको हो। प्रहरीको अनुसन्धान प्रतिवेदन अनुसार अदालतमा सरकारी वकिल कार्यालयले अभियोजना गरेको रुपन्देहीका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता सत्यनारायण थापाले बताए।


प्रकाशित: Oct 06, 2021| 20:04 बुधबार, असोज २०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।