शुक्रबार, कात्तिक ९, २०८१
  • गृहपृष्ठ
  • प्रदेश
  • निधिले भने- देशले कांग्रेस नै सत्तामा रहिरहोस् भन्‍ने चाहिरहेको छ

Siddartha premir insuranceSiddartha premir insurance

निधिले भने- देशले कांग्रेस नै सत्तामा रहिरहोस् भन्‍ने चाहिरहेको छ

प्रदेश २ को अस्थायी राजधानी जनकपुरधाममा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उपसभापति निधिले नेपाली कांग्रेसलाई नै नेपाली जनताले सत्तामा रहोस् भन्‍ने चाहिरहेको दाबी गरे।
 |  बुधबार, असोज २०, २०७८
nespernesper

नेपाल समय

नेपाल समय

बुधबार, असोज २०, २०७८

जनकपुरधाम- नेपाली कांग्रेसका उपसभापति विमलेन्द्रले सिंगो मुलुकका जनताले अहिले नेपाली कांग्रेसलाई खोजिरहेको दाबी गरेका छन्। प्रदेश २ को अस्थायी राजधानी जनकपुरधाममा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उपसभापति निधिले नेपाली कांग्रेसलाई नै नेपाली जनताले सत्तामा रहोस् भन्‍ने चाहिरहेको दाबी गरे।

triton college

'पूरै देश नेपाली कांग्रेसलाई एकटकले हेरिरहेको छ,' उपसभापति निधिले भने, ‘त्यसैले एक डेढ वर्षपछि हुने आगामी निर्वाचनलाई देश र नेपाली जनता व्यग्रतापूर्वक प्रतिक्षा गरिरहेको छ।’

उपसभापति निधिले थपे, ‘सो निर्वाचनमा नेपाली कांग्रेसलाई बढीभन्दा बढी मत दिएर देशको बागडोर नेपाली कांग्रेसलाई सुम्पन नेपाली जनता तयार छ।’ उनले देशले कांग्रेसलाई सत्ता सुम्पन चाहिरहेको अवस्थामा त्यसलाई गन्तव्यसम्म पुर्‍याउने जिम्मेवारी कांग्रेसीहरुको काँधमा आएको बताए।

उपसभापति निधिले यसअघिको निर्वाचनमा अन्य दललाई मत दिएर त्यसको दुषपरिणामा नेपाली जनताले भोगिसकेको बताउँदै विगत तीन वर्षमा नेपाली जनताले देखेको अराजकता फेरी हेर्न नपरोस चाहिरहेको बताए।

'अन्य दलको हातमा सत्ता गएकै कारण देशको सम्पूर्ण अंग कार्यपालिका, न्यायपालिका तथा व्यवस्थापिका अस्तव्यस्त छ,' उनले भने, ‘देशमा अराजकता बढेको छ, व्यक्तिगत जीवनसम्म दुश्कर भइसकेको छ, देशमा गरिबी, महँगी बढेको बढ्यै छ।’

Metro Mart
vianet

उपसभापति निधिले आफूलाई सभापतिमा एकपटक अवसर दिएर आफूभित्र रहेको कमी कमजोरी सच्याउने अवसर प्रदान गर्न कार्यकर्ताहरुलाई आग्रह गरेका छन्। 

दसैं मनाउन काठमाडौँबाट गृहनगर जनकपुरधाम आएका उपसभापति निधिले कांग्रेसको १४ औँ महाधिवेशनमा आफूलाई सभापतिको दाबेदारको रुपमा प्रस्तुत गर्दै उनले यसका लागि पनि विगतका कमीकमजोरी सच्याउँदै हातेमालो गर्दै आफू अघि बढ्न तयार रहेको बताए। 

उनले आफू कांग्रेसको सभापति भएपछि 'गाछी' (रुख) छापलाई अत्यधिक बहुमतका साथ जिताउने दाबी गरे। उनले आफू जनकपुरधाम आउनुपूर्व प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटघाट गरेर आएको जानकारी दिदैँ उनले भने, ‘प्रधानमन्त्री शेरबहादुर देउवा सरकारले पूर्णता नपाउँदा चिन्तित हुनु हुन्छ।’ उनले प्रधानमन्त्रीलाई चाँडै नै सरकारलाई पूर्ण दिनका लागि आग्रह गरेर आएको जानकारी दिए।

प्रकाशित: Oct 06, 2021| 19:58 बुधबार, असोज २०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।