सोमबार, फागुन १८, २०८२

मुख्यमन्त्री राउतले पाए विश्वासको मत

प्रस्तावको पक्षमा ७७ जना र विपक्षमा २३ मत परेको थियो। यसअघि प्रदेशसभामा रहेका सबै दलका संसदीय दलका नेता तथा प्रदेशसभा सदस्यहरुले आ–आफनो धारणा राखेका थिए।
 |  बुधबार, असोज २०, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, असोज २०, २०७८

kumari

जनकपुरधाम- प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले विश्वासको मत पाएका छन्। देशसभाको बुधबार बसेको बैठकमा मुख्यमन्त्री लालबाबु राउतले विश्वासको मतका लागि गरेको प्रस्तावको पक्षमा २ तिहाइभन्दा बढी प्रदेशसभा सदस्यहरुले मतदान गरेपछि मुख्यमन्त्री राउत सहजै विश्वासको मत पाएका हुन्। 

प्रस्तावको पक्षमा ७७ जना र विपक्षमा २३ मत परेको थियो। यसअघि प्रदेशसभामा रहेका सबै दलका संसदीय दलका नेता तथा प्रदेशसभा सदस्यहरुले आ–आफनो धारणा राखेका थिए।

मुख्यमन्त्री राउतको पक्षमा जसपा, नेपाली कांग्रेस, माओवादी केन्द्र तथा नेकपा एकिकृत समाजवादीका प्रदेशसभा सदस्यहरुले मतदान गरेका थिए भने विपक्षमा लोसपा र एमालेले मतदान गरेको थियो।

प्रकाशित: Oct 06, 2021| 19:19 बुधबार, असोज २०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।