सोमबार, फागुन १८, २०८२

जनमत पार्टीद्वारा अख्तियारको कार्यालय घेराउ

– सीके राउत नेतृत्वको जनमत पार्टीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिवासस्थित कार्यालय घेराउ गरेको छ।
 |  बुधबार, असोज २०, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, असोज २०, २०७८

kumari

जनकपुरधाम– सीके राउत नेतृत्वको जनमत पार्टीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिवासस्थित कार्यालय घेराउ गरेको छ। बुधबार जनमत पार्टीका नेता कार्यकर्ताले बर्दिवास पुगेर अख्तियारको कार्यालय घेराउ गरेका हुन्। 

अख्तियारको टोलीले प्रदेश २ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा अनियमितता भएको उजुरी परेपछि फाइल नियन्त्रणमा लिएको थियो। सोही विषयमा अनुसन्धान गर्न दबाब दिन जनमत पार्टीले अख्तियारको कार्यालय घेराउ गरेको हो। 

जसपाले अख्तियारको विरोधमा प्रदर्शन गरेपछि त्यसलाई काउन्टर दिँदै जनमत पार्टीले आन्दोलन थालेको हो। यसअघि जनमत पार्टीका कार्यकर्ताले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय घेराउ गरेका थिए।

प्रकाशित: Oct 06, 2021| 16:51 बुधबार, असोज २०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।