शनिबार, साउन १६, २०८३

गाभीले दिने एक लाख फाइजर खोप दसैंपछि आइपुग्ने

कोरोना विरुद्धको फाइजर खोप दसैंपछि नेपाल आइपुग्ने भएको छ।
 |  बुधबार, असोज २०, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, असोज २०, २०७८

काठमाडौं– कोरोना विरुद्धको फाइजर खोप दसैंपछि नेपाल आइपुग्ने भएको छ। गाभी (खोपसम्बन्धी विश्वव्यापी सञ्जाल)ले उपलब्ध गराउने भनेको माइनस ७० डिग्रीमा भण्डारण गर्नुपर्ने उक्त खोप दसैंपछि आइपुग्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। 

गाभीले अनुदानमा एक लाख डोज उपलब्ध गराउने भएको हो। सो खोप भण्डारणका लागि युनिसेफले १०० लिटर क्षमताको ४ वटा फ्रिज उपलब्ध गराइसकेको छ। नेपालमा माइनस ७० तापक्रममा खोप भण्डारण गर्ने भौतिक पूर्वाधार नभएकाले युनिसेफले फ्रिज उपलब्ध गराएको हो।

सरकारले १८ वर्षमुनिका बालबालिकाका लागि कोभ्याक्समार्फत ६० लाख डोज खोप खरिदको सम्झौता गरिसकेको छ। सरकारले दसैंपछि १८ वर्षमुनिका बालबालिकालाई खोप लगाउने तयारी गरेको छ।


प्रकाशित: Oct 06, 2021| 15:07 बुधबार, असोज २०, २०७८
प्रतिक्रिया दिनुहोस्