मंगलबार, फागुन १९, २०८२

लुम्बिनी प्रदेशसभामा पनि एमालेको अवरोध

विपक्षी दल नेकपा एमालेको अवरोधका बीच चलेको लुम्बिनी प्रदेशसभाको बैठक चार बजेसम्मका लागि स्थगित भएको छ।
 |  बुधबार, असोज २०, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, असोज २०, २०७८

बुटवल– विपक्षी दल नेकपा एमालेको अवरोधका बीच चलेको लुम्बिनी प्रदेशसभाको बैठक चार बजेसम्मका लागि स्थगित भएको छ। एमालेको नाराबाजीका बीच सभामुख पूर्णबहादुर घर्तीले बैठक सञ्चालन गरेका थिए। 

अब बस्ने बैठकमा सरकारले प्रतिस्थापन विधेयकमार्फत नयाँ बजेट ल्याउने तयारी गरेको छ। सातौं बैठक शुरु हुनासाथै प्रतिपक्षी दल नेकपा एमालेले नाराबाजी शुरु गरेको थियो। 

एमालेले पार्टीले कारबाही गरेका सांसदद्वय विमला वली र अजय शाहीलाई सभामुखले पदमुक्त नगर्दासम्म सदन चल्न नदिने अडान राख्दै आज पनि नाराबाजी गरेको हो। सभामूख घर्तीले भने यो मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेकाले आफूले निर्णय लिन नसक्ने स्पष्ट पारेका थिए। 

सातौं बैठकमा तीन वटा विधेयक संसदमा पेश भएका छन्। मुख्यमन्त्री कुलप्रसाद केसीको तर्फबाट पर्यटन, ग्रामिण तथा शहरी विकास मन्त्री डिल्ली चौधरीले वन सम्बन्धमा बनेको विधेयक, प्रदेशको नाम सुधार तथा केही प्रदेश ऐनलाई संशोधन गर्न बनेको विधेयक र पदक ऐन, २०७६ लाई संशोधन गर्न बनेको प्रतिवेदनसहितको विधेयक संसदमा पेश गरेका हुन्। 

एमालेले प्रतिनिधिसभामा पनि अवरोध गर्दै आएको छ।

kumari

प्रकाशित: Oct 06, 2021| 14:54 बुधबार, असोज २०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।