शुक्रबार, कात्तिक ९, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

सीके राउत भ्रममात्रै छर्दैछन्ः मुख्यमन्त्री राउत

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले डा. सिके राउतले मधेशमा भ्रम छर्नु बाहेक अरु केही गर्न नसकिरहेको आरोप लगाएका छन्।
 |  बुधबार, असोज २०, २०७८
nespernesper

नेपाल समय

नेपाल समय

बुधबार, असोज २०, २०७८

जनकपुरधाम– प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले डा. सिके राउतले मधेशमा भ्रम छर्नु बाहेक अरु केही गर्न नसकिरहेको आरोप लगाएका छन्। मुख्यमन्त्री कार्यालयमा अख्तियारको छापा परेपछि राउत नेतृत्वको जनमत पार्टीले दुई दिन अगाडि मात्रै मुख्यमन्त्री कार्यालय घेराउ गरेको थियो। 

triton college

जनमत पार्टीले मुख्यमन्त्री कार्यालय घेराउ गरेकोप्रति आक्रोश व्यक्त गर्दै मुख्यमन्त्री राउतले प्रदेश सरकारविरुद्ध सीके राउतले भ्रम सिर्जना गरिरहेको आरोप लगाए। बुधबार बोलाइएको प्रदेशसभा बैठकमा बोल्दै मुख्यमन्त्री राउतले भने, ‘एक जना डाक्टर साहेब भोपा लगाएर प्रदेश सरकारले अनियमितता गरेको भन्दै घुमिरहेका छन्, त्यो भ्रम सिर्जना गर्नका लागि मात्रै हो।’

उनले अगाडि भने, ‘यहाँबाट तपाई वीरगन्ज जानुस्, सप्तरी जानुस् बाटोमा हिँडनुहुन्छ भने त्यही साइकल पाउनुहुन्छ तर त्यसलाई डिफ्लेम गरिएको छ। एकजना डाक्टर साहब हुनुहुन्छ, उहाँको पार्टी छ, भोँपा बजाउँदै छ। उहाँहरुले भोँपाबाट विस्तारित रुपमा भन्नुहुन्छ– प्रदेश सरकारले अनियमितता गरेको हो।’

मुख्यमन्त्री राउतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले मुख्यमन्त्री कार्यालयमा छापा मारेकोमा आपति जनाउँदै प्रदेश सरकारलाई बदनाम गराउने काम भएको बताए। उनले भने, ‘तपाईंलाई सूचना चाहिएको थियो भने मलाई भन्न सक्नुहुन्थ्यो, जे मागे त्यो दिन्थेँ।’ अख्तियारको छापाको नाममा विभिन्न जालझेल, षडयन्त्र गरिएको मुख्यमन्त्री राउतको आरोप छ।

प्रदेशको गरिमा बचाउन मार्गप्रशस्त गर्नुस्ः सोनल

Metro Mart
vianet

लोकतान्त्रिक समाजवादी पार्टी प्रदेश २ संसदीय दलका नेता जितेन्द्र सोनलले मुख्यमन्त्री लालबाबु राउतको राजीनामा माग गरेका छन्। मुख्यमन्त्री कार्यालयमा अख्तियारको छापापछि प्रदेशको गरिमामाथि नै आँच आएको बताउँदै सोनलले मुख्यमन्त्री कार्यालय र प्रदेशको गरिमा बचाउन मुख्यमन्त्रीलाई राजीनामा दिनुपर्ने माग गरे। 

सोनलले भने, ‘अख्तियारको छापापछि मुख्यमन्त्रीको नैतिकतामाथि प्रश्न उठेको छ, उनले आफ्नो नैतिकता बचाउनका लागि पनि राजिनामा दिएर मार्ग प्रशस्त गर्नु पर्छ।’

प्रदेशसभामा सोनलले सरकारको संवैधानिकतामाथि समेत प्रश्न उठाए। उनले दल विभाजन भएको ३० दिनभित्र मुख्यमन्त्री राउतले विश्वासको मत किन लिएनन् भनेर प्रश्न गर्दै सरकारलाई संवैधानिक भन्ने कि नभन्ने बताए। 

प्रकाशित: Oct 06, 2021| 14:21 बुधबार, असोज २०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।