सोमबार, फागुन १८, २०८२
  • गृहपृष्ठ
  • प्रदेश
  • प्रदेश सरकारलाई अख्तियारले बदनाम गर्न खोज्यो : मुख्यमन्त्री राउत

प्रदेश सरकारलाई अख्तियारले बदनाम गर्न खोज्यो : मुख्यमन्त्री राउत

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रदेश २ सरकारलाई बदनाम गर्न प्रयास गरेको आरोप लगाएका छन्।
 |  बुधबार, असोज २०, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, असोज २०, २०७८

kumari

काठमाडौं– प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले  प्रदेश २ सरकारलाई बदनाम गर्न प्रयास गरेको आरोप लगाएका छन्। प्रदेशसभा बैठकमा उनले बुधबार भने, ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोगले केही दिनअघि मुख्यमन्त्री कार्यालयमा छापा मारेर सरकारलाई बदनाम गरेको छ।’ 

मुख्यमन्त्री राउतले एक्कासि छापा मारेर हस्तक्षेप भएको पनि आरोप लगाए।  ‘कुनै त्रुटि छ भने, फाइल कमजोर छ भने बोलाएर सोध्न सकिन्थ्यो’, उनले भने, ‘तर यो अट्याक हो।’

मुख्यमन्त्री कार्यालयले बेटी बचाऊ बेटी पढाउ कार्यक्रम अन्तर्गत गत वर्ष प्रदेशभरका ८ कक्षाका छात्रालाई साइकल वितरण गरेको थियो । सो कार्यक्रम पारदर्शी नभएको भन्दै समाचार प्रकाशन भएपछि अख्तियारले गत हप्ता छापा मारेको थियो।


प्रकाशित: Oct 06, 2021| 13:45 बुधबार, असोज २०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।