बिहीबार, माघ १, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • फेसबुकले लोकतन्त्रलाई कमजोर बनायो, बालबालिकालाई हानी पुर्‍यायो: पूर्वकर्मचारी

फेसबुकले लोकतन्त्रलाई कमजोर बनायो, बालबालिकालाई हानी पुर्‍यायो: पूर्वकर्मचारी

फेसबुककी पूर्व कर्मचारी फ्रान्सेस् हउजेनले फेसबुकले लोकतन्त्रलाई कमजोर बनाएको र बालबालिकालाई हानी पुर्‍याएको बताएकी छन्।
 |  मंगलबार, असोज १९, २०७८

बीबीसी

बीबीसी

मंगलबार, असोज १९, २०७८

लन्डन- फेसबुककी पूर्व कर्मचारी फ्रान्सेस् हउजेनले फेसबुकले लोकतन्त्रलाई कमजोर बनाएको र बालबालिकालाई हानी पुर्‍याएको बताएकी छन्। 

National life

फेसबुकको पूर्व प्रोडक्ट म्यानेजर रहेकी फ्रान्सेसले अमेरिकी संसद्‌मा आफूले 'केही उत्कृष्ट गर्न सकिन्छ' भनेर फेसबुकमा काम सुरु गरेकी बताएकी छन्। 

उनले भनिन्, 'तर, म आज यहाँ भन्दै छु, फेसबुकका सामग्रीहरुले बालबालिकालाई ठूलो हानी पुर्‍याउँछ, मानिसहरुमा विभाजन ल्याउँछ र लोकतन्त्रलाई कमजोर बनाउनेसम्मको काम गरिरहेको छ।' 

फेसबुकको सुरक्षासम्बन्धा भइरहेको सुनुवाइमा हुने फेसबुकका लिडरहरुले सुरक्षामा ध्यान दिएको बताए पनि वास्तमा सुरक्षाका कुराहरुलाई सुनिश्‍चित गर्न नसकेको पनि उनले बताएकी छन्। 

उनले प्रयोगकर्ताहरुको सुरक्षाभन्दा पनि आफ्नो मुनाफालाई प्राथमिकतामा राखेको बताएकी छन्। 

Laxmi sunrise bank
kumari

तर, फेसबुकले भने प्रयोगकर्ताहरुको सुरक्षाका लागि अर्बौं डलर खर्च गरेको बताएको छ। 


प्रकाशित: Oct 05, 2021| 22:08 मंगलबार, असोज १९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।