सोमबार, असार २९, २०८३

सामाजिक सञ्जाल दुरुपयोग नगर्न प्रहरीको चेतावनी

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- सामाजिक सञ्जालको दुरुपयोगका कारण आपराधिक गतिविधि बढेको बताउँदै नियन्त्रणका लागि प्रहरी सक्रिय बनेको छ । 

यस्ता माध्यमको गलत प्रयोग भएको पाइए कडा कानूनी कारवाही गरिने चेतावनी प्रहरीले दिएको छ । फेसबुक, इमो, भाइबरजस्ता माध्यमको दुरुपयोग नगर्न महानगरीय प्रहरी अपराध महाशाखाले सर्वसाधारणलाई अपिल गरेको हो ।

नचिनेको व्यक्तिसँग साथी बन्ने, सामाजिक सञ्जालमा रहेका तस्बिरहरू डाउनलोड गरेर बिगार्ने तथा अश्लील बनाई सामाजिक सञ्जालमा पोस्ट गर्ने काम गैरकाननूनी रहेको महाशाखाले सम्झाएको छ । 

त्यस्ता सामग्रीबाट कसैको प्रतिष्ठामा आँच पुग्न गएमा तथा अश्लील सामग्री सेयर गर्ने व्यक्ति र संस्थाविरुद्ध विद्युतीय कारोबार ऐन, २०६३ अनुसार कारवाही हुने महाशाखाले जनाएको छ । त्यस्तो अपराधमा दुई लाख रुपैयाँसम्म जरिवाना र पाँच वर्षसम्म कैद वा दुवै सजायँ हुने व्यवस्था छ ।

तस्बिर मात्र नभई कुनै व्यक्ति वा संस्थाको प्रतिष्ठामा आँच पुग्ने गरी गाली, गलौज र कमेन्ट गर्दा ऐनको त्यो प्रावधान आकर्षित् हुन्छ । 

यसैबीच, न्युज-२४ टेलिभिजनबाट प्रसारित हुने 'सीधा कुरा' कार्यक्रममाथि परेका उजुरी छानविनको घटनालाई आधार बनाई प्रेस काउन्सिलका पदाधिकारीहरूविरुद्ध सामाजिक सञ्जालमा आपत्तिजनक र अमर्यादित शब्दहरू प्रयोग गर्दै पोस्ट र कमेन्ट गर्ने दुई जना पक्राउ परेका छन् । 

पक्राउ पर्नेहरूमा इलाम-६ तिल्केनीका ५० वर्षीय विनोद गौतम र नवलपरासीको सुनवल-४ का ३६ वर्षीय विष्णु ढकाल छन् । उनीहरूलाई विद्युतीय कारोबार ऐन, २०६३ को दफा ४७ बमोजिम एक लाख रुपैयाँसम्म जरिवाना वा पाँच वर्ष कैद वा दुवै सजायँ हुने महाशाखाले जनाएको छ । 

प्रहरीले सार्वजनिक गरेको सूचना 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।