शुक्रबार, कात्तिक २८, २०८२
  • गृहपृष्ठ
  • प्रदेश
  • कपिलवस्तुमा झाडापखालाका कारण २ जनाको मृत्यु, बिरामीले भरिए अस्पताल

कपिलवस्तुमा झाडापखालाका कारण २ जनाको मृत्यु, बिरामीले भरिए अस्पताल

कपिलवस्तुको कृष्णनगरमा झाडापखालाको प्रकोप फैलिएको छ। झाडापखलाका कारण दुई जनाको मृत्यु भएको छ भने दुई सय भन्दा बढी बिरामी छन्।
 |  मंगलबार, असोज १९, २०७८

विनोद परियार

विनोद परियार

मंगलबार, असोज १९, २०७८

बुटवल- कपिलवस्तुको कृष्णनगरमा झाडापखालाको प्रकोप फैलिएको छ। झाडापखलाका कारण दुई जनाको मृत्यु भएको छ भने दुई सय भन्दा बढी बिरामी छन्। कृष्णनगर नगरपालिकाको वडा न. ७, ८ र ९ नम्बर वडामा झाडापखलाका बिरामीहरु बढ्दै गएपछि अस्पतालहरु भरिएका छन्। 

National life

कृष्णनगर वडा न. ९ का पाँच वर्षीय राज काश्यप र कृष्णनगर ८ का ४० वर्षीय राप्रसाद केवट (बब्लु) को स्थानीय अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। 

स्थानीय अस्पतालले बिरामी थेग्‍न नसकेपछि सोमबार रातिदेखि शिवराज अस्पतालमा बिरामी आउन थालेका हुन्। बिहानदेखि बिरामीको चाप बढ्दै गएपछि अहिले अस्पतालको शय्या भरिएर बाहिर टेन्ट टाँगेर उपचार सुरु गरिएको अस्पतालका सूचना अधिकारी रवि प्रकाश उपाध्यायले जानकारी दिए। ‘बिरामी आउनेक्रम जारी छ, अब भर्ना गरेर उपचार गर्ने ठाउँ छैन,’ उनले भने। 

शिवराज अस्पताल बिरामीले भरिन थालेपछि जटिल बिरामीलाई तौलिहवा र बुटवलमा पठाउन थालिएको छ। विभिन्‍न गाउँका दुई सयभन्दा बढी मानिसहरु बिरामी भएको र प्रकोप  नियन्त्रणका लागि स्वास्थ्य कार्यालय जुटेको जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुका प्रमुख हेमराज पाण्डेले बताए। 

उनले झाडापखला कसरी फैलियो भन्‍ने बारेमा अध्ययन अनुसन्धान भइरहेको समेत बताए। स्थानीयले पानी र सरसफाइमा हेलचेक्र्याइँ गर्दा झाडापखलाको प्रकोप बढेको हुनसक्ने अनुमान गरिएको छ। स्थानीयहरुले दूषित पानीमा माछा मार्ने र त्यतिकै खाँदा बिरामी बढेको हुनसक्ने प्रारम्भिक अनुमान छ।

Laxmi sunrise bank
kumari

के यो महामारी हो?

कपिलवस्तुमा फैलिएको झाडापखालाको अवस्था महामारी हो भन्‍ने प्रश्‍नको जवाफमा जनस्वास्थ्य विज्ञ शरद वन्तले भने, 'अहिले नै महामारी भनिहाल्‍न मिल्दैन। यसका लागि अध्ययन गरेर, प्रभावित क्षेत्रको पहिलेको अवस्था र संक्रमण फैलिइसकेपछि त्यसले असर गरेको अवस्थाबारे बुझ्‍नुपर्छ।' 

डा. वन्त भन्छन्, 'कहिलेकाहीँ टाइफाइड, डेंगु, झाडापखाला लगायतका 'सिजनल भेरियसन्' हुन्छन्। संक्रमण कहिलेकाहीँ अवस्था हेरेर पिकमा पुग्‍नेसक्छ। यो महामारी हो कि होइन भन्‍ने कुराको अध्ययन गरिनुपर्छ।' 

 

प्रकाशित: Oct 05, 2021| 16:54 मंगलबार, असोज १९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।