शनिबार, जेठ २, २०८३

थप ९६८ मा संक्रमण हुँदा १११४ जना मुक्त, ६ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा नेपालमा ९६८ जनामा कोरोना संक्रमण भएको छ। यस अवधिमा १११४ जना संक्रमणमुक्त भएका छन् भने ६ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
 |  मंगलबार, असोज १९, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, असोज १९, २०७८

National life

काठमाडौं– पछिल्लो २४ घण्टामा नेपालमा ९६८ जनामा कोरोना संक्रमण भएको छ। यस अवधिमा १११४ जना संक्रमणमुक्त भएका छन् भने ६ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

यस्तै आज सक्रिय संक्रमितको संख्या १६ हजार २४८ छ। मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा एक लाख ३२ हजार ८९६ जनाले खोप लगाएका छन्।

नेपालमा आजसम्म आठ लाख ९१ हजार २२४ जनामा कोरोना भाइरस संक्रमण भएको छ भने निको हुनेको संख्या सात लाख ७१ हजार ३३८ जना छ। यस्तै कोरोना संक्रमणबाट मंगलबारसम्म ११ हजार १८० जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
प्रकाशित: Oct 05, 2021| 16:50 मंगलबार, असोज १९, २०७८
प्रतिक्रिया दिनुहोस्