मलेसिया- मलेसियाली पूर्वप्रधानमन्त्री नजिब रज्जाकको घरबाट प्रहरीले ठूलो परिमाणमा बहुमूल्य गरगहना र सरसामान बरामद गरेको छ ।
मलेसिया प्रहरीका व्यापारिक अपराध अनुसन्धान विभाग (सीसीआईडी)का प्रमुख अमर सिंहले बरामद सामान बुधबार दिउँसो अदालतमा प्रस्तुत गरेका छन् । पूर्वप्रधानमन्त्री रज्जाक गत मेमा सम्पन्न आम निर्वाचनमा ९२ वर्षीय नेता महाथिर मोहम्मदसँग पराजित भएका थिए ।
चुनाव हारेलगत्तै उनले मलेसिया छाडेका छन् । उपचार गर्ने बहानामा उनी अमेरिका पुगेका छन् । पदमा रहँदा भ्रष्टाचार गरेको आरोपमा गत १९ मेमा रज्जाकलाई भ्रष्टाचारविरोधी आयोगले उनलाई उपस्थित हुन पत्र पठाएको थियो ।
दुई वर्षअघि वयोवृद्ध नेता महाथिर नै नज्जाबको सरकारविरुद्ध सडक आन्दोलनमा उत्रिएका थिए ।
मलेसिया विकास संस्था (एमडीबी)का अनुसार रज्जाकले राष्ट्रिय ढुकुटीको ठूलो रकम हिनामिना भएकोबारे छानविन भइरहेको छ । उनलाई मलेसिया झिकाएर थप सोधपुछ गरिने अधिकारीहरूले जनाएका छन् ।
रज्जाकको घरबाट ६६ करोड अमेरिकी डलरबराबरका बहुमूल्य गहना १२ हजार थान बरामद भएका छन् । ब्रान्डेड कम्पनीका पाँच सय ६७ थान हाते ब्याग पनि बरामद गरिएको छ ।
एउटा हेराम्स ब्यागको मात्र पाँच करोड डलरभन्दा बढी मूल्य पर्ने अधिकारीहरूको दाबी छ । यस्तै, चार सय २३ घडी तथा फ्रान्समा बनेका दुई सय ३४ थान चस्मा पनि बरामद गरिएको छ ।
रज्जाक र उनकी पत्नी रोश्मा मन्सुरको नाममा अमेरिका र साउदी अरेबियाका विभिन्न बैंकमा अकुत सम्पत्ती रहेको अधिकारीहरूको भनाइ छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४