बिहीबार, माघ १, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • पाकिस्तानी प्रधानमन्त्रीले भने - प्यान्डोरा पेपर्समा नाम आएका व्यक्तिहरुको सम्पत्ति छानबिन गरिन्छ

पाकिस्तानी प्रधानमन्त्रीले भने - प्यान्डोरा पेपर्समा नाम आएका व्यक्तिहरुको सम्पत्ति छानबिन गरिन्छ

पाकिस्तानी प्रधानमन्त्री इमरान खानले प्यान्डोरा पेपर्समा नाम आएका व्यक्तिहरुको सम्पत्ति छानबिन गर्ने बताएका छन्। उनले सरकारले सम्पत्ति मुलुकबाहिर लुकाउने व्यक्तिहरुमाथि अनुसन्धान गरिने बताएका हुन्।
 |  सोमबार, असोज १८, २०७८

बीबीसी

बीबीसी

सोमबार, असोज १८, २०७८

इस्लामावाद- पाकिस्तानी प्रधानमन्त्री इमरान खानले प्यान्डोरा पेपर्समा नाम आएका व्यक्तिहरुको सम्पत्ति छानबिन गर्ने बताएका छन्। उनले सरकारले कर छली गरी सम्पत्ति मुलुकबाहिर लुकाउने व्यक्तिहरुमाथि अनुसन्धान गरिने बताएका हुन्। 

National life

प्यान्डोरा पेपर्समा सयौं पाकिस्तानीहरुको नाम उल्लेख गरिएको छ। जसमा खानकै क्याबिनेटमा मन्त्रीहरुको पनि नाम आएको छ। आइतबार सार्वजनिक प्यान्डोरा पेपर्सले विश्‍वका विभिन्‍न कम्पनीमा सम्पत्ति लुकाउने र विदेशमा आफ्नो धन लुकाउने व्यक्तिहरुको नाम र सम्पत्तिबारे खुलासा गरेको छ। 

प्यान्डोरा पेपर्स लिकलाई इतिहासकै सबैभन्दा ठूलो वित्तिय लिक भनिएको छ। उनले अनुसन्धानका क्रममा कोही दोषीफ ठहर भएको अवस्थामा कारबाही गर्नेसमेत बताएका छन्। खोज पत्रकारिकताको अन्तर्राष्ट्रिय संगठन (आईसीआईजे) ले करिब १२ मिलियन फाइलहरुको खुलासा गरेको हो। करिब १४० मिडियाहरुसँगको सहकार्यमा उक्त कुरा खुलासा गरेको हो। 

पाकिस्तानी सञ्‍चारमाध्यमहरुका अनुसार करिब ७०० पाकिस्तानीहरुको नाम उक्त पेपर्समा उल्लेख गरिएको छ। जसमा दुई पाकिस्तानी मन्त्रीहरुको नाम छ। 

जसमा पाकिस्तानी वित्तमन्त्री सौकत तारिन र उनका परिवारका चार सदस्यहरुको नाम उल्लेख छ। त्यसैगरि जल संसाधनमन्त्री चौधरी मुनिष इलाहीको पनि नाम उल्लेख गरिएको छ। उनीहरुको कर छली गरी विदेशमा लगानी गरेको पाइएको हो। तर, इलाहीले भने उक्त आरोपको खण्डन गर्दै खारेज गरेका छन्।

Laxmi sunrise bank
kumari

उनले राजनीतिक बदलाका लागि यस्तो गलत हल्ला गरिएको बताएङ्का छन्। प्रधानमन्त्री खानले उक्त पेपरको खुलासालाई स्वागत गर्दै अनुसन्धान गरिने बताएका हुन्। 

प्रकाशित: Oct 04, 2021| 22:05 सोमबार, असोज १८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।