आइतबार, जेठ २५, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • प्यान्डोरा पेपर्समा नाम आएपछि इक्‍वेडरका राष्ट्रपतिले भने- विदेशमा रहेको सबै लगानी वैध छ

प्यान्डोरा पेपर्समा नाम आएपछि इक्‍वेडरका राष्ट्रपतिले भने- विदेशमा रहेको सबै लगानी वैध छ

प्यान्डोरा पेपर्समा आफ्नो नाम आएपछि इक्‍वेडरका राष्ट्रपति गुइलेर्मो लासोले विदेशमा रहेको आफ्नो लगानी सबै वैध भएको बताएका छन्।
 |  सोमबार, असोज १८, २०७८
nespernesper

बीबीसी

बीबीसी

सोमबार, असोज १८, २०७८

vianetvianet

क्‍विटो- प्यान्डोरा पेपर्समा आफ्नो नाम आएपछि इक्‍वेडरका राष्ट्रपति गुइलेर्मो लासोले विदेशमा रहेको आफ्नो लगानी सबै वैध भएको बताएका छन्। 

प्यान्डोरा पेपर्सले राष्ट्रपति लासोले कर छली गरेर विदेशमा १४ कम्पनीमा लगानी गरेको खुलासा गरेको थियो। जसमध्ये अधिकांश कम्पनीहरु पानामामा रहेको उल्लेख गरिएको छ। 

राफेल कोरियाको वामपन्थी सरकारले 'ट्याक्‍स हेभन' कम्पनीको लाभदायक मालिक बन्‍न नपाउने कानुन पारित भएपछि कर छली गरी विदेशमा लगानी गरेका धेरै कम्पनीहरु बन्द गरिएका थिए। तर, प्यान्डोरा पेपर्सले भने अझै राष्ट्रपति लासोले १४ विदेशी कम्पनीमा लगानी गरेको खुलासा गरेको हो। 

पूर्व बैंकरसमेत रहेमा राष्ट्रपति लासोले यही वर्षदेखि कार्यभार सम्हालेका थिए। उनले सन् २०१७ मा अमरिकाको दक्षिण डाकोटामा रहेका कम्पनीहरुलाई राष्ट्रपतिको उम्मेदवार हुनुअघि उनले पानामा फाउन्डेसनमा स्थानान्तरण गरेका थिए। 

प्यान्डोरा पेपर्सको खुलासापछि राष्ट्रपति लासोले पेपरमा खुलासा गरिएको भनिएका १० वटा कम्पनी अहिले निस्क्रिय रहेको बताएका छन्। अन्य चारवटा कम्पनीहरुमा भएको लगानी सबै कानुनसम्मत र वैध भएकोसमेत उनले दाबी गरेका छन्। 

National life insurance

प्रकाशित: Oct 04, 2021| 22:30 सोमबार, असोज १८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।
बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।