सोमबार, असार २९, २०८३

सात घण्टापछि मुग्लिङको बाटो खुल्यो : जाम उस्तै

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं-मुग्लिङ-नारायणगढ सडकखण्डको सडक केहीबेर अघिदेखि सञ्चालनमा आएको छ । बिहान पाँच बजेदेखि अबरूद्ध भएको सडक पौने ११ बजेदेखि सुचारु भएको हो । 

बाटो अवरूद्ध हुँदा धादिङको मलेखुदेखि चितवनको नारायणगढसम्म सवारी जाममा परेका छन् । 

मंगलबार कालीखोला र तीनकिलोबीचमा सिंगै डाँडो खसेर बाटो अवरुद्ध हुँदा झण्डै १२ घण्टा सवारी सञ्चालन हुन सकेको थिएन । बुधबार पनि तीनकिलोमै खसेको पहिरोले बिहान पाँच बजेदेखि सवारी जाममा परेका थियो । 

अघिल्लो दिनका सवारी पार नभइसकी फेरि बाटो अवरुद्ध हुँदा यात्रुहरु कष्टकर यात्रा गर्न बाध्य छन् । 


सरकारी निकाय रमिते जस्तै

यसैबीच बाटो खुलाउने विषयमा सरकारी निकाय धेरै सक्रिय नभएको यात्रुहरुले गुनासो गरेका छन् । सडकमा हजारौं यात्रु अलपत्र पर्दा पनि सडक विभाग तथा बाटो निर्माण आयोजनाले चासो नदेखाएको आरोप लगाएका छन् । 

सडकमा हजारौं यात्रु घण्टौं जाममा परेर सडकमा अलपत्र पर्दा सरोकारवाला निकायभने रमितेजस्तै बनेका छन् । 

पहिलो खसेपछि समयमै पहिरो पन्छाउन कर्मचारी नपुग्ने, काम गर्ने कर्मचारीले पनि पहिरो पन्छाउन लगाएपनि काम गरेको रोज तथा स्काभेटरमा प्रयोग भएको तेलको पैसा पनि नदिने गरेको गुनासो गरेका छन् । 

सडकमा भएको कामको प्रकृति देख्दा सम्बन्धित निकायबीच समन्वय पनि नभएको जस्तो देखिएको अलपत्र परेका यात्रुको गुनासो छ । 


मंगलबार संघीय संसदमा सम्बोधन गर्दै प्रतिपक्षी दलका नेता डा मिनेन्द्र रिजालले त्रिभुवन विमानस्थलमा विमान ट्राफिकमा फसेको कुरा उठाउँदा उनले त्रिशुलीको किनारमा हजारौ यात्रु समस्यामा पर्दा नदेखेको आरोप यात्रुहरुको छ । 

तर, घटनास्थलमा परिचालित प्रहरीले सक्रियताका साथ पहिलो हटाएका छन् । पहिरो हटाउन प्रयोग गरिने उपकरण कम भएकाले आफूहरु धेरै संकटमा परेको यात्रुहरुको गुनासो छ । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।