बुधबार, जेठ २०, २०८३
  • गृहपृष्ठ
  • प्रदेश
  • चीनले हुम्लामा सीमा अतिक्रमण गरेको भन्दै जनकपुरमा विरोध प्रदर्शन

चीनले हुम्लामा सीमा अतिक्रमण गरेको भन्दै जनकपुरमा विरोध प्रदर्शन

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) निकटका विद्यार्थीहरुले जनकपुरधाममा चीनविरुद्ध प्रदर्शन गरेका छन्।
 |  सोमबार, असोज १८, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, असोज १८, २०७८

जनकपुरधाम- लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) निकटका विद्यार्थीहरुले जनकपुरधाममा चीनविरुद्ध प्रदर्शन गरेका छन्। 

National life

लोसपा निकट लोकतान्त्रिक समाजावदी विद्यार्थी संघ धनुषाले 'गो ब्याक चाइना' भन्दै विरोध प्रदर्शन गरेको हो।

चीनले सीमावर्ती क्षेत्र हुम्लामा अतिक्रमण गरेको भन्दै सोमबार जनकपुरधाममा नगर परिक्रमा गर्दै विद्यार्थीहरुले प्रदर्शन गरेका हुन्।

संयोजक प्रशान्त झाले सिमावर्ती क्षेत्रमा चीनले सीमा अतिक्रमण गर्दा संघीय सरकार केहि नबोल्दा सोको विरोधमा प्रदर्शन गरेको बताए।

संघका संयोजक प्रशान्त झाको अगुवाइमा निस्केको जुलुस प्रदर्शनले नगरको परिक्रमा गर्दै रेल्वे स्टेशन, भानु चोक, शिव चोक र जनक चोकमा पुगि कोणसभामा परिणत भएको थियो।

Shivam cement

यसअघि चीनले हुम्लाको लिमी लाप्चा क्षेत्रमा नेपाली भूमि अतिक्रमण गरेको भन्दै ११ वटा संरचना निमार्ण गरेको बताइएको छ। 


प्रकाशित: Oct 04, 2021| 18:19 सोमबार, असोज १८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।