बुधबार, जेठ २०, २०८३
  • गृहपृष्ठ
  • प्रदेश
  • प्रदेश २: लोकसेवा आयोगले बुझायो प्रदेश प्रमुखलाई वार्षिक प्रतिवेदन

प्रदेश २: लोकसेवा आयोगले बुझायो प्रदेश प्रमुखलाई वार्षिक प्रतिवेदन

प्रदेश २ को लोकसेवा आयोगले प्रदेश प्रमुख हरिशंकर मिश्रलाई आफ्नो दोस्रो वार्षिक प्रतिवेदन पेश गरेको छ।
 |  सोमबार, असोज १८, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, असोज १८, २०७८

जनकपुरधाम- प्रदेश २ को लोकसेवा आयोगले प्रदेश प्रमुख हरिशंकर मिश्रलाई आफ्नो दोस्रो वार्षिक प्रतिवेदन पेश गरेको छ। सोमबार आयोगका अध्यक्ष सुरेन्द्र प्रसाद यादवले प्रदेश प्रमुख मिश्र समक्ष आफ्नो वार्षिक प्रतिवेदन पेश गरेका हुन्।

National life

आयोगले गत वर्ष बढुवा, अन्तर सेवा, तथा खुला र समावेशी गरी कुल १६५ वटा विज्ञापनहरुबाट २७२ पदको लागि विज्ञापन प्रकाशित गरेको प्रतिवेदनमा उल्लेख गरेको छ।

जसमा बढुवातर्फ ११३ पद, अन्तर सेवातर्फ १४, खुलातर्फ ९५ र समावेशी समूहतर्फ ५० पदको लागि विज्ञापन गरेको आयोगको प्रतिवेदनमा भनिएको छ। 

आयोगले कर्मचारीको अभाव भए पनि गत वर्ष विभिन्‍न सेवा र विभिन्‍न तहका पदका लागि ८५ वटा पाठ्यक्रमहरु निर्माण गरेको आयोगका अध्यक्ष यादवले बताए। 

उनले आयोगमा प्रदेश सरकारबाट २१ जनाको अस्थायी दरबन्दी रहेकोमा हाल काजका ६ जना र करारका ५ जना कर्मचारीले मात्र कार्यसम्पादन भइरहेको बताए। यद्यपि उनले यस अवधिमा ८५ वटा पाठ्यक्रमको निर्माण गरेको बताए। 

Shivam cement

आयोगले गत वर्षको फागुन २२ र २९ गते सञ्‍चालन गरेको अधिकृत सातौं तह इन्जिनियरीङ् सेवाको २ हजार ३४८ जना परीक्षार्थीको लागि परीक्षा सञ्‍चालन गर्दा १९६ जना परीक्षार्थीहरु सहभागी भएको प्रतिवेदनमा उल्लेख छ।

प्रकाशित: Oct 04, 2021| 18:15 सोमबार, असोज १८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।