बुधबार, जेठ २०, २०८३
  • गृहपृष्ठ
  • प्रदेश
  • सिके राउतका कार्यकर्ताद्वारा जनकपुर उपमहानगरमा तोडफोड, मुख्यमन्त्री कार्यालय घेराउ

सिके राउतका कार्यकर्ताद्वारा जनकपुर उपमहानगरमा तोडफोड, मुख्यमन्त्री कार्यालय घेराउ

प्रदेश २ मा भ्रष्टाचार बढ्दै गएको भन्दै सिके राउत नेतृत्वको जनमत पार्टीले मुख्यमन्त्री कार्यालय घेराउ गरेको छ।
 |  सोमबार, असोज १८, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, असोज १८, २०७८

जनकपुरधाम- प्रदेश २ मा भ्रष्टाचार बढ्दै गएको भन्दै सिके राउत नेतृत्वको जनमत पार्टीले मुख्यमन्त्री कार्यालय घेराउ गरेको छ। 

National life

प्रदेश २ मा अख्तियारको छापाविरुद्ध जनता समाजवादी पार्टी आन्दोलित रहेको समयमा जनमत पार्टीका नेता कार्यकर्ताहरुले मुख्यमन्त्री कार्यालय घेराउ गरेको हो। यद्यपि मुख्यमन्त्री कार्यालय घेराउ गर्नका लागि पुगेका जनमत पार्टीका कार्यकर्ताहरुलाई बाक्लो संख्यामा परिचालन गरिएका प्रहरीले मुल ढोका बाहिरै रोकेको छ।

मोटरसाइकल जुलुससहित मुख्यमन्त्री कार्यालय घेराउ गर्नका लागि पुगेका कार्यकर्ताहरुले मुख्यमन्त्रीविरुद्ध केही बेर चर्को नाराबाजी गर्दै फर्किएका थिए। 

मुख्यमन्त्री कार्यालय घेराउ गर्नअघि उनीहरुले जनकपुरधाम उपमहानगरपालिकामा तोडफोड गर्नुका साथै तालाबन्दी गरेका छन्। विभिन्‍न माग राख्दै जनकपुरधाम उपमहानगरपालिका पुगेका जनमत पार्टीका कार्यकर्ताहरुलाई उपमहानगर परिसरमा प्रवेश गर्न नदिइएपछि नाराबाजी गर्दै नगरपालिकामा तोडफोड गरेका हुन्।

प्रदर्शनकारीहरुले उपमहानगरपालिकामा जबरजस्ती प्रवेश गरेर न्यायिक समितिमा तोडफोड गर्नुका साथै नगरप्रमुख लालकिशोर साहको कार्यकक्षमा तालाबन्दी गरेका छन्।

Shivam cement


प्रकाशित: Oct 04, 2021| 16:14 सोमबार, असोज १८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।