बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • माइत हिँडेकी रामकली मृत्यु प्रकरण : डोजर चालकसहित तीनजना पक्राउ

माइत हिँडेकी रामकली मृत्यु प्रकरण : डोजर चालकसहित तीनजना पक्राउ

सल्यानमा माइत हिँडेकी बागचौर नगरपालिका-२ गैरीकी ५४ वर्षीया रामकली खत्रीको मृत्यु प्रकरणमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।
 |  सोमबार, असोज १८, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, असोज १८, २०७८

सुर्खेत- सल्यानमा माइत हिँडेकी बागचौर नगरपालिका-२ गैरीकी ५४ वर्षीया रामकली खत्रीको मृत्यु प्रकरणमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सोही ठाउँका डोजर (जेसीबी) चालक, सहचालक र डोजर मालिक रहेको सल्यान प्रहरीले जनाएको छ।

‘घटनामा संलग्न भएको आशंकामा सोधपुछका लागि तीन जनालाई नियन्त्रणमा लिएका छौँ’, सल्यानका डीएसपी गोविन्द थापाले भने, ‘डोजरको ठक्करबाट महिलाको मृत्यु भएको हुन सक्ने शंका छ।’ घटना अनुसन्धानकै क्रममा रहेकाले पक्राउ पर्नेको नाम भने प्रहरीले खुलाएको छैन।

प्रहरीका अनुसार मृतक रामकलीको टाउकोमा फुटेको छ भने एउटा हात र खुट्टा किचिएको छ। घटना भएकै दिन डोजर उक्त सडक खण्डमा मर्मत गरिएको थियो। शवको अवस्था र घटनाको प्रकृतिअनुसार डोजरकै ठक्करबाट ती महिलाको मृत्यु भएको  विषयमा अनुसन्धान केन्द्रित गरिएको प्रहरीले जनाएको छ।

शनिबार  माइती जान भनेर घरबाट हिँडेकी रामकली आइतबार मृत अवस्थामा भेटिएकी थिइन्। माइती घरभन्दा करिब आठ सय मिटर नजिक महिलाको शव भेटिएको थियो। घटना रहस्यमय भएको आशंकामा प्रहरीले कोहलपुरबाट तालिम प्राप्त कुकुर झिकाएर अनुसन्धान गरेको थियो।


प्रकाशित: Oct 04, 2021| 15:19 सोमबार, असोज १८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।