मंगलबार, असार ३०, २०८३

पूर्वराजाले काठमाडौंमा जन्मदिन नमनाउने

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- पूर्वराजा ज्ञानेन्द्र शाहले यसपटकको जन्मदिन काठमाडौंमा नमनाउने भएका छन् । दुई साता लामो 'टुर'का लागि नेपालगञ्ज जान लागेका पूर्वराजाले उतै जन्मदिन मनाउने भएका हुन् । 

उनी २० असारमा नेपालगञ्ज जाँदैछन् । उनका साथमा श्रीमती कोमल पनि जाने निजी सचिवालयले जनाएको छ । पूर्वराजा ज्ञानेन्द्रको जन्मदिन २३ असारमा पर्छ । त्यस दिन उनी ७२ वर्षमा प्रवेश गर्नेछन् ।

निजी सहयोगी फणिराज पाठकका अनुसार पूर्वराजाले नेपालगञ्जको सोल्टी होटेलमा जन्मदिन मनाउने तयारी छ । यसअघिका वर्षहरूमा उनले निर्मल निवासमा जन्मदिन मनाउँदै आएका थिए । 

साताव्यापी जन्मोत्सव मनाउने गरी काठमाडौंमा यज्ञप्रसाद आचार्यको अध्यक्षतामा ३५ सय ७२ सदस्यीय मूल आयोजक समिति गठन गरिएको छ । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।